LISTEN LIVE RADIO

दाेहाेरियाे नेपालमा बाढीकाे प्रकोप, तीन दिनमा ७ जनाको मृत्यु, ३३ जिल्लाका ९९ ठाउँमा बाढीकाे प्रकाेप



दाेहाेरियाे नेपालमा बाढीकाे प्रकोप, तीन दिनमा ७ जनाको मृत्यु, ३३ जिल्लाका ९९ ठाउँमा बाढीकाे प्रकाेप

काठमाडौं २ असार । मनसुन सक्रिय भएसँगै जारी अविरल वर्षाका कारण देशका ३३ जिल्लामा बाढी आएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार विगत २ दिनको अवधिमा ३३ जिल्लाका ९९ ठाउँमा बाढी तथा पहिरो आएको हो।

बाढीका कारण पछिल्लो २४ घण्टामा मात्रै देशभर ४ जनाको मृत्यु भएको छ। सोमबारयताको तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।बाढीले बगाउँदा सोमबार बाजुरामा २ जना तथा मंगलबार गोरखामा १ जनाको मृत्यु भएको थियो। यस्तै, मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ।

यस्तै, डोटी, कास्की र पाल्पा जिल्लामा १–१ गरी बुधबार ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। बाढी र वर्षाका कारण बुधबारसम्म १४ जना बेपत्ता भएको विवरण प्राप्त भएको प्रहरीले जानकारी दिएको छ।

सिन्धुपाल्चोकको बाढीमा बगेर ७ जना बेपत्ता भएका छन् भने जाजरकोटमा ७ जना बेपत्ता भएका छन्। जागरकोटको कुशे गाउँपालिका–८ मा गोठालो गएका ७ जना बेपत्ता भएका हुन्।

प्रहरी प्रधान कार्यालयले बाढीमा फसेका ६९ जनाको उद्दार गरिएको जानकारी दिएको छ। सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङ्जामा १ जनाको उद्दार गरिएको हो।

वर्षासँगैको बाढीका कारण देशका विभिन्न ठाउँमा गरी १६५ वटा घरहरु डुवानमा परेका छन्। ५३ वटा निजी घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा बाढीले क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

बाढीका कारण ६२ वटा घरपरिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे