LISTEN LIVE RADIO

आज खण्डग्रास सूर्य ग्रहण लाग्दै



आज खण्डग्रास सूर्य ग्रहण लाग्दै

काठमाण्डौ २७ जेठ । आज(विहिवार) खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिनेछ । जसलाई पश्चिमाहरुले रिङ अफ फायर भन्ने गर्छन् । सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ । सामान्यतया, यो खगोलीय घटना सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले हुन्छ र केही समयको लागि कुनै खास क्षेत्रमा अन्धकार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे