लमजुङको भुलभुलेमा आज बिहान पनि भूकम्पको धक्का, २४ घण्टामा ८५ पटक परकम्प



लमजुङको भुलभुलेमा आज बिहान पनि भूकम्पको धक्का, २४ घण्टामा ८५ पटक परकम्प

काठमाण्डाै ६ जेठ । लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु भएर आज बिहान पनि परकम्प गएको छ । बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

हिजो बिहान ५ बजेर ४२ मिनेटमा पाँच दशमलव आठ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म ८६ पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । अब परकम्प बिस्तारै कम हुँदै जाने अनुमान गरिएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछिको १२ घण्टामा ५६ वटा परकम्प गएको थियो ।

त्यसपछि भने परकम्प जाने क्रम केही कम भएको उहाँले बताए । उनका अनुसार चार रेक्टर स्केलको ६ वटाभन्दा धेरै परकम्प गएको छ भने अरु परकम्प चार रेक्टर स्केलको भन्दा साना रहेका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले  घर भत्काउँदा हिजो बेसीसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे