भारतीय नागरिक बोकेर नेपाल एअरलाइन्सको जहाज साउदी अरेविया जाँदै



भारतीय नागरिक बोकेर नेपाल एअरलाइन्सको जहाज साउदी अरेविया जाँदै

काठमाण्डाै ५ बैशाख । नेपालमा रहेका भारतीय नागरिकलाई उद्धार गरेर साउदी अरेविया लैजान आज पनि दुई वटा उडान हुँदैछन् । आज नेपाल एअरलाइन्सले साउदीको रियाद र दमामको लागि दुई वटा उडान गरेर भारतीय नागरिक लैजान लागेको हो ।

यसअघि हिजो हिमालय एअरलाइन्सले तीनवटा र नेपाल एअरलाइन्सले दुई गरी पाँच वटा उडानमार्फत भारतीयलाई साउदी लगिएको थियो । निषेधाज्ञा अघि नै नेपाल आएर अड्किएका भारतीयलाई साउदी लैजान नेपाल नागरिक उड्डयन प्राधिकरणले १० वटा चार्टड उडानको अनुमति दिएको छ ।

आजै दिल्ली–काठमाण्डौ एउटा चार्टड उडान हुँदैछ । यसैबीच आज पनि नेपाल एअरलाइन्सले चीनबाट अक्सिजन सामग्री ल्याउँदैछ । सिलिन्डरसहितका सामग्री बोकेको वाइड बडी जहाज दिउँसो दुई बजेर पाँच मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ । यस्तै आजै राति नेपाल एअरलाइन्सको जहाज चीनको सेन्झेन जाँदैछ । आजै हिमालय एअरलाइन्स र चीनको सिचुवान एअरले पनि उद्धार तथा सामग्री आपूर्तिको लागि चार्टड उडान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे