आज र भोलि मौसम सफा रहने



आज र भोलि मौसम सफा रहने

काठमाण्डाै १ जेठ । आज र भोलि देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । पहाडी भेगमा आंशिक बदली हुने सभावना रहे पनि त्यसको ठूलो असर नपर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । प्रि मनसुनको समय भएकोले दिउँसोपछि पहाडी भेगका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि रहेको उनले बताए ।

भोलि बेलुकीसम्म पनि मौसम सामान्यतया सफा रहने र पर्सि सोमबारदेखि भने मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ । मे महिना नेपालमा मनसुन शुरु हुने संघारको समयमा भएकोले घाम लागिरहेको बेला पनि एक्कासि बादल आएर पानी पर्न सक्ने मौसमविद्हरु बताउँछन् । उच्च पहाडी तथा हिमाली क्षेत्रमा दिउँसो पछि हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे