LISTEN LIVE RADIO

प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य



प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाण्डाै ६ वैशाख । प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहान बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । भोलिका लागि बैठक बोलाइएकै अवस्थामा सरकारले बैठक स्थगितको सिफारिस गर्ने निर्णय गरेको हो। जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।

सरकारको हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा चिनिन्छ । तर सरकार र संसदको टकरावका कारण एउटा पनि विधेयक पेस नभइ अधिवेशन अन्त्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे