लमही नगरपालिकाको बिवाद सुल्झियो



लमही नगरपालिकाको बिवाद सुल्झियो

लमही २४ चैत । लमही नगरपालिकाको बिवाद टुङिएको छ । आइतबार लमहीमा बसेको नगर कार्यपालिकाको बैठकले बिवादलाई टुङोमा पुर्याएको नगरपालिकाका प्रबक्ता बिम बहादुर केसीले जानकारी दिए ।

प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाङी सरुवा भएर आएपछी केही वडाध्यक्ष र सदस्यहरुले आफुहरु सङ्ग कुनै सल्लाह नगरी ल्याएको भन्दै असन्तुष्टि जनाउदै आएका थिए । आइतबार बसेको कार्यपालिका बैठकमा आगामी दिनमा नगरपालिकाका कामकारबाहीलाई सहज तरिकाले गर्ने वातावरण हुनु पर्ने, प्रशासनलाई चुस्त दुरुस्त बनाई नीति तथा कार्यक्रमलाई नतिजमुखी जन अपेक्षित बनाउने काममा सबै प्रतिबद्ध हुने निर्णय भएको छ ।

वडाध्यक्ष ज्युहरुको अपेक्षा पनि खास्सै जटिल रैनछ, उहाँहरुले बोलेका कुराहरु पनि स्वभाबिकै थिए, मात्र एक अर्काका कुराहरुको भेट नभएको मात्र रहेछ प्रबक्ता केसीले भने । लमही नगर विकासमा बसेको कार्यपालिका बैठकमा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत वडा नम्बर ७ का वडाध्यक्ष बाहेक सबै वडाका अध्यक्षहरुको उपस्थिति रहेक थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे