लमही नगरपालिकाको विवाद यथावत, नगर प्रमुख केसी विवाद सुल्झाने प्रयासमा



लमही नगरपालिकाको विवाद यथावत, नगर प्रमुख केसी विवाद सुल्झाने प्रयासमा

लमही २३ चैत्र । दाङको लमही नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृतको विषयलाई लिएर भएको विवाद अझै सुल्झिएको छैन । नगरपालिका कार्यालयको प्रमुख प्रशासकिय रुपमा भर्खरै सरुवा भई आएका गेहेन्द्रबहादुर डाँगीलाई एक पक्षले स्वीकार गरेपनि अर्को पक्षले विरोध गर्दा विवाद उत्पन्न भएको छ ।

यस अघि पनि प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरी सकेका डाँगीको कार्यशैली प्रति असन्तुष्ट जनाएका स्थानिय जनप्रतिनिधिहरुले फेरी उनीनै सरुवा भई आएपछि विवाद भएको नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिएका छन् । अहिले उक्त विवादलाई सुल्झाउनका लागी आफुले प्रयास गरिरहेको उनले बताए ।

यस बारेमा आफुहरु असन्तुष्ट पक्ष संग पटकपटक छलफल र बार्ता भईरहेको उनले जानकारी दिए । विवादकै कारण २०७६ साल फागुनमा सरुवा भएका उनी एक वर्ष पछि पुन नगरपालिकामा सरुवा भई आएका हुन् । यस अघि प्रमुख प्रशासकिय अधिकृत नोखीराम वलीको कणर्ाली प्रदेशमा सरुवा भएपछि रिक्त रहेको ठाउँमा डाँगी आएको नगरप्रमुख केसीले जानकारी दिए ।

यता वडा नम्वर १ का अध्यक्ष नुमराज पौडेलले प्रमुख प्रशासकिय अधिकृत डाँगीको कार्यशैली प्रति चित्त नबुझेकै कारण अन्यत्र सरुवा गरिएको हुँदा फेरी स्वीकार गर्न नसकिने बताए । तर डाँगीले विगतका कमीकमजोरीलाई तत्काल सुधार गर्न सकेमा सहमती हुन सक्ने उनले बताए । प्रमुख प्रशासकिय डाँगीले कार्यालयमा आफुखुसी गर्ने, सेवाग्राही प्रतिको कार्यशैली ठिक नभएको र ढिलासुस्ती गर्ने व्यवहार भएकाले विरोध गरिएको उनले बताए ।

जनप्रतिनिधिहरुको विरोधका कारण कार्यालय प्रवेश गर्न नपाएको प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले नगरपालिकाको नगर विकास समितिको कार्यालयबाट सेवा प्रवाह गदै आएका छन् । उनले हाजिरी नगरेता पनि सेवा दिन सुरु गरेको नगरप्रमुख केसीले बताए हाल देखीएको विवाद समाधानको प्रयास भईरहेको र विवाद समाधान नहुदा सम्म नगर विकास कार्यालयबाट जनतालाई सेवा प्रवाह गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे