LISTEN LIVE RADIO

दाङमा भरुवा बन्दुक सहित दुई जना पक्राउ



दाङमा भरुवा बन्दुक सहित दुई जना पक्राउ

घोराही १५ चैत्र । दाङमा प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १२ चम्पाखेल भलानेरी सृजना सामुदायिक वनस्थित जंगलमा शिकार खेल्ने क्रममा ५१ वर्षिय टेक बहादुर गुरुङको मृत्यु भएको घटनामा संलग्न दुई जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजाले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपािलका वडा नं. १३ निवासी ३५ वर्षिय मधु शर्मा र सोही ठाउँ निवासी २७ वर्षिय भिम घर्ती रहेका छन् । उनीहरुको साथबाट ४ फिट ८ इन्च लम्बाई भएको भरुवा बन्दुक एक थान बरामद गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे