दाङमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा ३ जना घाइते



दाङमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा ३ जना घाइते

दाङ ८ चैत्र । दाङमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा ३ जना घाइते भएका छन् । शान्तिनगर गाउँपालिका १० वनगाउँमा स्कारपिओ र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । शान्तिनगर गाउँपालिका १० वनगाउँस्थित तुलसीपुर देखि वनगाउँतर्फ जादै गरेको रा ३ प ७९७७ नम्बरको मोटरसाइकललाई विपरित दिशातर्फबाट आउदै गरेको प्रदेश नम्बर ३–०१–००२ झ ५४६५ नम्बरको स्कारपिओ एक आपसमा ठोक्किदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

शान्तिनगर गाउँपालिका १० निवासी मोटरसाइकल चालक २२ वर्षिय प्रेम कुवर र मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका ११, नवलपुर निवासी २० वर्षिय सुदिप खत्री घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । उनीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । साथै ठक्कर दिने स्कारपिओलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको बताएको छ ।

यता दाङमा मोटरसाइकलको ठक्करबाट एक जना बालिका गम्भीर घाइते भएकी छिन् । आइतबार साढे एक बजेतिर शान्तिनगर गाउँपालिका ४ मालेचौतारास्थित पञ्चकुलेदेखि तुलसीपुर तर्फ आउदै गरेको बा ५१ प ३३३६ नं.को मोटरसाइकलले ठक्कर दिदा एक जना बालिका गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

शान्तिनगर गाउँपालिका ४ निवासी विर बहादुर विकको ५ वर्षिय छोरी गरिमा विक गम्भीर घाइते भएकी छिन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । उनलाई टाउको र पेटमा चोट लागेको अस्पतालले जनाएको छ । साथै ठक्कर दिने मोटरसाइकल प्रहरी चौकी चिराघाटको नियन्त्रणमा रहेको छ । भने मोटरसाइकल चालक फरार रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे