लमही ढिकपुरका अग्नी पिडितहरुलाई विभिन्न संघसंस्थाद्धारा राहत सहयाेग



लमही ढिकपुरका अग्नी पिडितहरुलाई विभिन्न संघसंस्थाद्धारा राहत सहयाेग

लमही ५ चैत्र । देउखुरीका अग्निपिडितहरुका लागि राहत उठ्ने क्रम जारी रहेको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि बुधवार बिभिन्न संघसँस्था तथा ब्यक्तिहरुले राहत स्वरुप नगद तथा खाद्यान्न हस्तान्तरण गरेका छन् ।

पिडितका लागि आएको राहत वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले एकद्वार प्रणाली मार्फत बितरण गरेको वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिए । बुधबार मध्यनगर टोल बिकास सँस्थाबाट नगद १० हजार २ सय ५० रुपैया, ६ सय १४ किलो खाद्यान्न,
हसनापुर टोल बिकास सँस्था लमही-७ बाट नगद ११ सय ५० रुपैया, खाद्यान्न ६ सय ४० किलो लगायत भाँडाकुडा र काठ, लमही चेम्बर अफ कमर्स बाट प्राप्त १० हजार १ सय ५ रूपैया नगद हस्तान्तरण गरिएको हो ।

त्यस्तै देउराली बिजुली पसल लमहीका सञ्चालक डिल्ली खनालबाट १ सय ६० किलो खाद्यान्न, लत्ताकपडा र झुल, लमही जेसिजबाट प्राप्त ५१ हजार ६ सय ५ रूपैया नगद, छुट्की महरूवा टोल बिकास सँस्थाबाट १० हजार ७५ रूपैया, ३ सय ९५ किलो खाद्यान्न, ५ पिस गुन्द्री र प्रेम भाँडा पसल लमहीका सञ्चालक झपेन्द्र आचार्य बाट उपलब्ध १२ पिस भाँडाकुडा बुधवार हस्तान्तरण गरिएको हो । गत सोमबार बिहान तार सर्ट भई आगलागी हुँदा २५ जना बिस्थापित भएका छन् । वडा कार्यालयले सबैसँग सहयोगको याचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे