देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एकको मृत्यु , एक घाइते



देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एकको मृत्यु , एक घाइते

लमही २३ फागुन । बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दाङको देउखुरीमा एक जना युवकको मृत्यु भएको छ भने अर्का एक जना युवक गम्भीर घाइते भएका छन ।

आइतवार राती १० बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापाको मृत्यु भएको छ भने सोही ठाउँ निवासी ३० वर्षिय तिलक थापा गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेको मुख, हात र खुट्टामा गहिरो चोट लागेको छ । घाइतेलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ । मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे