ठगी आरोपमा प्युठानका सन्तोष विक लमहीमा पक्राउ



ठगी आरोपमा प्युठानका सन्तोष विक लमहीमा पक्राउ

भालुवाङ ११ फागुन । प्युठानका सन्तोष बिक ठगी गरेको आरोपमा मंगलबार पक्राउ परेका छन् । प्युठान नगरपालिका वडा नम्बर ७ पुण्यखोला निवासी सन्तोष विकलाई दाङ देउखुरी स्थित लमही प्रहरीले दिउँसो १ बजे पक्राउ गरेको हो ।

राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी भरतबहादुर बिश्वकर्माले पाउनुपर्ने १९ लाख रुपैया  १८ महिना बित्दा पनि नपाएपछि प्रहरीमा उजुरी दिएका थिए ।

गत पुस १५ गते दिएको उजुरीकै आधारमा उच्च अदालतले यही ९ गते पक्राउपुर्जी जारी गरेपछि सन्तोष पक्राउ परेका हुन । लमही नगरपालिका वडा नम्बर १ नर्तिमा रहेको भरतको २८ मिटर लम्बाई रहेको जग्गा २०७६ मसिरमा सन्तोषले खरिद गरे । सन्तोषले केही रकम दिए अनि बाँकी रकम केही दिन मै दिने सहमतीमा सम्झौता भयो ।

तर भरतले १८ महिना बितिसक्दा पनि बाँकि रकम १९ लाख भने पाएनन् । उनलाई टार्नकै लागि सन्तोषले खाली चेक दिईरहन्थे ।१८ महिनाको अबधीमा सन्तोषले आफुलाई सिद्धार्थ बैँकको ५ ओटा खाली चेक काटेर दिएको पिडित भरत बताउँछन् ।

सन्तोषले गत २०७७ जेठ ३१ गते पाँचौ पटक चेक काटेर दिए । अन्तिम पटक भनेर दिईएको यो चेक पनि खाली थियो । अनि सन्तोष केही समय सम्पर्क बिहिन भए । तरपनि खाली चेक पकेटमा राखेर भरतले बाँकी रकम पाउने आश त मारेनन् । १८/१८ महिना सम्मपनि जग्गा बिक्रि गरेको बाँकी रकम नपाउँदा अत्ति भएर प्रहरीमा उजुरी दिएको भरतले बताए । सन्तोष अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा छन् । उनलाई बैँकिङ कसुर सम्बन्धीको ठगी मुद्दा लगाउने तयारी भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे