संसद पुनर्स्थापनाकाे स्वागतमा दाङकाे देउखुरीमा दीपावली



संसद पुनर्स्थापनाकाे स्वागतमा दाङकाे देउखुरीमा दीपावली

भालुवाङ ११ फागुन । संसद पुनःस्थापनाको खुसीयालीमा लुम्बिनी प्रदेशका जिल्लाहरूमा दीप प्रज्वलन गरिएको छ। दाङ सहित विभिन्न जिल्लामा नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ता, नेपाली काग्रेस जनता समाजवादी पार्टी, सामाजिक अभियन्ताहरूले मंगलबार साँझ संसद पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन गरेका छन्।

यसै क्रममा दाङकाे राप्ती गाउँपालिका १ भालुवाङ र लमही बजारमा दीप प्रज्वलन गरिएकाे छ । भालुवाङमा जनता समाजवादी पार्टीले दीप प्रज्वलन गरि खुसीयाली मनाएकाे छ । पार्टीका दाङ जिल्ला संघिय परिषद् सदस्य तथा जिल्ला अध्यक्ष होमप्रसाद शर्माको नेतृत्वमा संघिय परिषद सदस्य टोपबहादुर कार्की र पार्टीका राप्ती गाउँपालिका अध्यक्ष गिरबहादुर जिएम लगायतका कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

उता लमहीमा दहाल–नेपाल समुहका दाङ जिल्ला सचिवालय सदस्य मिना गुरुङको नेतृत्वमा नेपाली कांग्रेस लमही नगरपालिका ५ नम्बर वडा उपसभापती जंगबहादुर चौधरी र राष्ट्रिय युवा संघ दाङ जिल्ला सदस्य लोकमणी बञ्जाडे लगायतका नेता कार्यकर्ता तथा स्थानीयहरुको सहभागितामा दिपप्रज्वलन गरि खुसीयाली मनाएका छन् । दहाल–नेपाल समुहका दाङ जिल्ला सदस्य पवन शर्मा रिजालले गरेका थिए ।

उनीहरूले अदालतले संविधानको रक्षा गर्दै मनमौजी शासन गर्न खोज्ने प्रवृत्तिको अन्त्य गरेको भन्दै खुशी व्यक्त गरेका छन्। सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गर्ने फैसला सुनाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे