भूमीहिन सुकुमबासीको लगत संकलन गर्दे देउखु्रीको गढवा गाउँपालिका



भूमीहिन सुकुमबासीको लगत संकलन गर्दे देउखु्रीको गढवा गाउँपालिका

शिबराज पन्थी, गढवा २९ माघ ।

देउखुरीको गढवा गाउँपालिकाले भूमीहिन,सुकुम्वासी र अब्यवस्थित बसोवासीहरुको लगत संकलन कार्य सुरु गरेको छ । नेपाल सरकारको भुमी सम्बन्धि समस्या समधान आयोगद्धारा सुरु गरिएको अभियान अन्तर्गत भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अब्यवस्थित बसोवासहिरुको यथार्थ बिवरण संकलन गरी लालपुर्जा वितरणको अभियानलाई अगाडी बढाइने भएको हो ।

भूमी सम्बन्धि समस्या समाधान आयोग अन्तर्गत नेपाल सरकारले जारी गरेको निर्देशिका बमोजिम सो समस्या समाधान गर्न वडा स्तरमा सहजीकरण समिति गठन गरिने भएको छ भने पालिका स्तरमा पनि सहजीकरण समिति गठन गरिने भएको छ । बुधवार सम्पन्न गढवा गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउापालिकाका प्रबक्ता बाबुराम अधिकारलिे जानकारी दिए ।

 

गाउँपालिका स्तरीय सहजिकरण समितिमा गाउँपालिकाका अध्यक्ष संयोजक र उपाध्यक्ष सहसंयोजक रहनेगरी राजनितिक दलका प्रमुख वा प्रतिनिधिहरु, कार्यपालिकाका दलित महिला सदस्य र थप एकजना महिला सदस्यगरी २ जना तथा भूमी अधिकारको क्षेत्रमा काम गरेका संघ संस्था मध्येबाट एक जना र नागरिक समाजबाट एक जना गाउँपालिकाका अध्यक्षले मनोनित गरेका महिला एवं प्रमुख प्रसाशकीय अधिकृत सदस्य सचिव रहेको ११ सदयीय सहजीकरण समिति गठन गर्ने प्रावधान रहेको र सोही बमोजिम समिति गठन प्रकृया अगाडी बढाउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी वडास्तरको सहजीरण समितिमा वडा अध्यक्ष संयोजक र सदस्यहरुमा सबै वडा सदस्यहरु, वडाध्यक्षले सिफारिस गरेका भूमी अधिकार क्षेत्र र नागरिक समाजमा काम गर्ने कुनै २ जना तथा वडा सचिव पदेन सदस्य सचिव रहेको ८ सदस्यीय सहजीकरण समिति गठन गर्ने निर्णय भएको बैठकपछि प्रबक्ता बाबुराम अधिकारीले जानकारी दिए ।

यसैगरी भूमीहिन सुकुम्बासीहरुको सबै वडा स्तरमा वास्तविक तथ्यांक संकलनका लागि गणकहरु खटाईएकोमा उनीहरुबाट आएको विवरण बमोजिम अमिन खटाउने र वास्तविकता पहिचान गरी अभिलेखिकरण अद्याबधिक गरी सहजीकरण समितिबाट पास भएका नामावलीको विवरण जिल्लामा पठाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे