दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पु¥याउँदै देउखुरीको गढवा गाउँपालिका, सिटामोल किन्न अब भारत जानु नपर्ने



दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पु¥याउँदै देउखुरीको गढवा गाउँपालिका, सिटामोल किन्न अब भारत जानु नपर्ने

शिबराज पन्थी, कोइलाबास २९ माघ ।

देउखुरीको गढवा गाउँपालिका वडा नं. ८ मुसीनाकाका बसिन्दाहरुमा गाउँघरमै उपचार सेवा पाउने भएपछि खुसी छाएको छ । विहीवार भारतसंग सिमाना जोडीएका मुसी र खबरी नाका गाउँमा स्वास्थ्य संस्था उद्घाटन भएपछि नाकाबासीहरुमा खुसी छाएको पाइएको छ ।

सामान्य रुघाखोकी र ज्वरो आउँदा पनि उपचार गर्न भारतको तुलसीपुर र बालापुर जानुपर्ने हाम्रो समस्या टरेको छ, मनमा खुसी छाएको छ। आज हामी गाउँलेहरु सबै खुसी भएका छौं–नेपाल भारत सिमानामा रहेको गढवा–८ मुसीनाकाका चन्द्रबहादुर बिकले भने । अब सिटामोल खोज्न भारत जानुपर्ने बाध्यता हटेको छ ।

उता भारतसंगै सिमाना जोडिएको दुर्गम बस्ती खबरीनाकामा पनि बिहिवार स्वास्थ्य संस्था उद्घाटन भएपछि त्यहाँका स्थानीयहरु पनि खुसी भएका छन् । सामान्य बिरामी हुँदा पनि सिटामोल खोज्न पनि भारतको बालापुर र तुल्सीपुर जानुपर्दथ्यो कि त अढाई घण्टा पैदल हिडेर कोइलाबासको स्वास्थ्यचौकीमा जानु पर्दथ्यो ।

अब यो समस्याबाट छुट्कारा पाइने भयो । गढवा गाउँपालिकाले छिट्टै स्वास्थ्यकर्मिहरु राखेर नाकाक्षेत्रका जनतालाई सेवा दिनुु प¥यो–गढवा ८ खबरीनाका निवासी चन्द्रबहादुर बुढाले भने ।

महिलाहरुलाई सुत्केरी बेथाले च्याँप्दा प्राथमिक उपचार र प्रसुती सेवा नपाउँदा कैयन आमा र बच्चाहरुले ज्यान गुमाए,अब त कोइलाबासमा सुबिधायुक्त बर्थिङ सेण्टर तयार भएको छ–गढवा ८ खबरीनाकाका महिला स्वयंसेविका मनमाया गुरुङले भने ।

दुर्गम बस्ती नाकामा बिजुली आयो, शसस्त्र प्रहरीको क्याम्प पनि बस्यो, प्रहरी चौकीको पनि भवन बन्दै छ, स्कूल थियो, अस्पताल पनि बन्यो,खानेपानी थिएन सो पनि भयो । अब चाँडै स्थानीय सरकारले पक्किनाली सहितको बाटो बनाइदिनु प¥यो–स्थानीयहरुले् भने । भारतिय सिमावर्ती क्षेत्र गढवा ८ को खबरीनाका र मुसीनाका पुग्न कोइलाबासबाट झण्डै अढाई घण्टा पैदल हिड्नुपर्छ ।

आम्दा नेपालले सुत्केरी आमा र नवजात शिसुको स्याहारका बिषयमा धेरै सचेतना सन्देश दिएको छ, सुत्केरी आमा तथा नवजात शिसुको मृत्युदरमा पनि कमी आएको छ । सबैजसो स्वास्थ्यचौकीमा बर्थिङ सेण्टर ब्यवस्थापन भएका छन् ।

स्वास्थ्य संस्थाको भौतिक निर्माण र स्वास्थ्य सचेतनामा गाउँपालिकालाई राम्रो सहयोग भएको छ । हाम्रो पहलमा समन्वय र सहकार्य गदैृ प्रदेश स्तरको सुबिधा सम्पन्न अस्पताल बनाउने कुरामा आम्दा नेपालसंग समन्वय र सहकार्य भैरहेको छ–गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ।

गढवा गाउँपालिकाले आम्दा माइण्ड्स र आम्दा नेपालसंगको समन्वय र सहकार्यमा दुर्गम बस्तिहरु र सिमानाकाहरुमा स्वास्थ्यको पहुँच बढाउदै छ । आम्दा नेपालले झण्डै ३ करोड बढी लागतमा गढवाको कालाकाटे र चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाई र भारतसंग सिमाना जोडीएका खबरीनाका र मुसीनाकामा गाउँघर क्लिनीक भवन तयार गरि गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

यसैबीच बिहिवार खबरीनाका तथा मुसीनाकामा एक कार्यक्रमका बिच आम्दा माइण्ड्सको आर्थिक प्रबिधिक सहयोगमा आम्दा नेपालले निर्माण गरिएका गाउँघर क्लिनीक भवन गढवा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

गढवा गाउँपालिका वडानं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षता र दाङ जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी साबित्रा पुनले उक्त भवनको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाही, आम्दा माइण्ड्सका निमित्त कार्यकारी निर्देशक बिदेशी प्रतिनिधि ओकुदा काइको, परियोजना अधिकृत प्रदिपराज पन्त र आम्दा नेपालका परियोजना प्रबन्धक राजेन्द्र रुचाल लगायतले बोलेका थिए ।

स्वास्थ्य चौकी कोइलाबासका प्रमुख कृष्णप्रसाद आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन गाउँपालिकाका प्रेस संयोजक शिबराज पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे