देउखुरीको बिजौरीमा भोली मुख्यमन्त्री पोख्रेलद्धारा प्राधिकरणको कार्यालय उद्धघाटन हुने



देउखुरीको बिजौरीमा भोली मुख्यमन्त्री पोख्रेलद्धारा प्राधिकरणको कार्यालय उद्धघाटन हुने

सन्तोषकुमार गुप्ता, भालुवाङ १५ माघ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत देउखुरीको राप्ती गाउँपालिका—८ बिजौरीमा प्रदेश पूर्वधार विकास प्राधिकरण कार्यालयको उद्धघाटन हुने भएको छ ।

कार्यालयको माघ १६ गते शुक्रबार सहिद दिवसका दिन दिउँसो १ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलद्वारा उद्घघाटन गर्ने कार्यक्रम रहेको प्राधिकरण कार्यालयका कार्यकारी प्रमुख धुब्र मज्गैयाँले जानकारी दिए ।

उद्धघाटन कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, सभामुख, उप—सभामुख र प्रदेशसभा सदस्यहरुको समेत उपस्थिीत रहने प्राधिकरणका कार्यकारी प्रमुख मज्गैयाँले जानकारी दिएका छन् । साथै भोली हुने उद्घाटन कार्यक्रममा उपस्थित भई दिन प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

प्राधिकरण कार्यालय उद्धघाटन पछि प्राधिकरण कार्यालयले राजधानी क्षेत्रमा सर्वे गरी डिपीआर तयार गर्ने र प्रदेश सरकार सञ्चालनका लागि भौतिक संरचना निर्माणको काम अगाडि बढाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे