गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा खिमबहादुर बुढा निर्बिरोध निर्वाचित



गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा खिमबहादुर बुढा निर्बिरोध निर्वाचित

सन्तोषकुमार गुप्ता, देउखुरी ५ माघ ।

देउखुरीको गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा खिमबहादुर बुढा निर्बिरोध निर्वार्चित भएका छन् । गत माघ ३ गते शनिबार भएको संघको पाँचौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट बुढा आगामी तीन बर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्बिरोध निर्वार्चित भएका हुन् ।

यस अघि संघको बन्दसत्रले अध्यक्ष बाहेक १४ पदमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको थियो । तर अध्यक्ष पदमा भने संघका पूर्व बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढा र पूर्व सचिव रामदास यादव (आरडी)ले दाबी गरेपछि माघ ३ गते शनिबार अबेर सम्म पनि सहमति कायम हुन नसकेपछि माघ ४ गते आईतबार पनि सहमतिको प्रयास गरिएको थियो ।

उक्त दिन पनि सहमति हुन नसकेपछि लामो कसरत र छलफल पछि माघ ५ गते सोमबार अध्यक्ष पदका दुबै उम्मेदवारमा सहमति जुटेपछि खिमबहादुर बुढा अध्यक्ष पदमा निर्बिरोध निर्वार्चित भएको निर्वाचन मण्डलका संयोजक तथा संघका संस्थापक अध्यक्ष युवराज पोखे्रलले जानकारी दिए । सहमतिपछि अध्यक्ष पदका आर्का उम्मेदवार रामदास यादव(आरडी)ले लिखित रुपमा अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको निर्वाचन मण्डल समक्ष जानकारी गराएको निर्वाचन मण्डलका संयोजक पोख्रेलले जानकारी दिए ।

यता संघको बन्दसत्रले संघको बरिष्ठ उपाध्यक्षमा रामबहादुर बुढाथोकी, उपाध्यक्षमा ओमप्रकाश बस्याल, महासचिवमा बाबुराम भण्डारी, सचिवमा सुधा न्यौपाने र कोषाध्यक्षमा खुमानन्द पोख्रेल सर्वसम्मत चयन भएको निर्वाचन मण्डलले जनाएको छ । त्यसैगरी सदस्यहरुमा संन्दिप अधिकारी, राजकुमार नेपाली, दुखराम चौधरी, दुखहरण यादव, मकबुल अलिमियाँ, रमेशकुमार बजगाई, शितबहादुर बस्नेत, मधु जिसी र दिनामणि आचार्य सर्वसम्मत चयन भएको निर्वाचन मण्डलले जनाएको छ ।

निर्वाचित भएपछि अध्यक्ष खिमबहादुर बुढाले देउखुरी टुडेलाई प्रतिक्रिया दिंदै आफू उद्योगी, व्यापारीहरुको हितमा रहेर कार्य गर्ने बताएका छन् । उनले दक्षिण देउखुरीलाई लुम्बिनी प्रदेशको व्यापारिक केन्द्रको रुपमा विकास गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे