LISTEN LIVE RADIO

दाङमा केपी समूहमा लाग्नेलाई कारबाही गर्ने दहाल–नेपाल समूहको निर्णय



दाङमा केपी समूहमा लाग्नेलाई कारबाही गर्ने दहाल–नेपाल समूहको निर्णय

घाेराही १२ पुस ।नेकपाका दाहाल–नेपाल समूहको घोराहीमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा लाग्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

जिल्ला कमिटिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमका पक्षमा लाग्नेलाई कारबाही गर्ने, पुस १४ गते घोराहीमा जिल्ला केन्द्रीत प्रतिगमणका विरुद्ध आन्दोलत गर्ने , १५, १६, १७ र १८ र गते पालिका र वडा स्तरिय आन्दोलन गर्ने निर्णय भएको दाङका संगठन विभाग प्रमुख कृष्ण प्रसाद भुसालले जानकारी दिए ।

बैठकमा नेता द्धोय युवराज ज्ञावली र कृष्ण बहादुर महराको विशेष उपस्थिती रहेको संगठन विभाग प्रमुख भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे