क्रिसमस डे काे अवसरमा तुलसीपुर कारागारका महिला कैदीबन्दी महिला र शिशुलाई कपडा बितरण



क्रिसमस डे काे अवसरमा तुलसीपुर कारागारका महिला कैदीबन्दी महिला र शिशुलाई कपडा बितरण

तुलसीपुर १० पुस । क्रिसमस डे को अवसर पारेर तुलसीपुरका २७ जना महिला कैदीबन्दी र ३ जना आश्रीत शिशुलाई कपडा बितरण गरिएको छ । क्रिसमस डे को अवसर पारी पाष्टर टोपबहादुर महतरा र श्रीमती गीता महतरा दम्पत्तीले कारागार शाखा तुलसीपुरका महिला कैदीबन्दीलाई सुरुवालकुर्ता र ३ जना शिशुलाई न्यानो कपडा बितरण गरेका हुन् ।

जाडोमा न्यानो कपडा पाउँदा खुशी लागेको महिला कैदीबन्दी मीना घुरालीले बताइन् । चाँडपर्वको अवसर पारी कैदीबन्दीलाई न्यानो कपडा, खानपीन लगायतका कोशेली उपलब्ध गराई रहेका महतरा दम्पत्तिलाई कैदीबन्दीको तर्फबाट घुरालीले धन्यबाद दिइन् ।

सो अवसरमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीयमहासचिब सुशील बस्नेतले कैदीबन्दीहरुका लागि सुधार केन्द्रको रुपमा कारागारको विकास गर्नु पर्ने जोड दिए । उनले भने कैदीबन्दीहरुलाई कैद भुक्तान पछि घर, परिवार र समुदायमा पुर्नस्थापना गराउनु पर्ने दायित्व नागरिक समाज र राज्यको पनि हुन्छ ।

कारगार शाखा तुलसीपुरका निमित्त जेलर जोखिम ओलीले चाडपर्वको अवसरमा कैदीबन्दीले पनि रमाईलोका साथ पर्व मनाउने व्यवस्था मिलाउदै आएको बताए । उनले भने बानी, व्यवहार र आचारण परिर्वतनका लागि यस किसिमका क्रियाकलापले मद्धत गर्ने बताए । कारागार सुरक्षामा खटिएका नेपाली सेनाका क्याप्टेन दीपक बढाथोकीले युवाहरुका लागि जिम (शाररिक सुगठन) खानाको ब्यबस्था गरिएको बताए ।

अहिले ३६ जना युवाहरुले दैनिक व्यायाम गरिरहेको बताए । कैदीबन्दी युवाहरुले जिम (शाररिक सुगठन) केही सामाग्रीको थप आबश्यक रहेको बताएका छन् । कारागार शाखा तुलसीपुरमा हाल ३ आश्रित शिशु सहित ४ सय ७१ जना कैदीबन्दी रहेका छन् । क्रिसमस डे को अवसरमा केक समेत काटिएको थियो । कार्यक्रममा गिता महतराले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् भने सहजीकरण पाष्टर टोपबहादुर महतराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे