अपराधी लुकाउने र छुटाउने कारणले नेपाल प्रहरी कमजाेर बन्दै गएकाे हाे : अध्यक्ष विष्ट



अपराधी लुकाउने र छुटाउने कारणले नेपाल प्रहरी कमजाेर बन्दै गएकाे हाे : अध्यक्ष विष्ट

भालुवाङ ३० भदौ । दाङको इलाका प्रहरी कार्यालय भालुवाङले राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरी निरिक्षक अमरबहादुर माझीको अध्यक्षता एवम् राप्ती गाउँपालिकका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले संविधानले दिएको कानुनलाई कार्यान्वयन गर्ने जिम्मा प्रहरीको रहेकाले त्यसमा नेपाल प्रहरी अब्बल रहेको बताएका छन् । अध्यक्ष विष्टले नेपालमा अपराधीलाई लुकाउने र छुटाउने कार्यमा नेता देखि तल्लो स्तरका जनप्रतिनिधिका कारण अपराधिक क्रियाकलाप बढेको बताएका छन् ।

कार्यक्रममा सहभागीहरुले चार्डपर्वका बेला र दुर्घटनाका बेला मात्र प्रहरी क्रियाशिल नभई अघिपछि पनि क्रियाशील रहन सुझाव दिएका थिए । त्यस्तै उनीहरुले ट्राफिक प्रहरीको चेकजाँचले व्यापारीहरु समस्यामा पर्ने गरेको नजिक नजिक ट्राफिक चेकजाँचले चालक र यात्रुले दुख पाउने गरेको, सिसि क्यामरा मर्मत गरिनुपर्ने र चाडपर्वका बेला सुरक्षा व्यवस्थालाई कडाईका साथ लागु गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासा तथा गुनासोको सम्बोधन गर्दै प्रहरी निरिक्षक अमरबहादुर माझीले प्रहरी एक्लैले मात्र शान्ति सुरक्षा कायम गर्न नसक्ने हुँदा नागरिकको साथ सहयोग पनि आवश्यक रहेको बताएका छन् । त्यस्तै उनले नागरिकका समस्या समाधान गर्ने कार्यमा आफुले सहयोग गर्ने बताएका छन् । कार्यक्रममा प्रहरी सहायक निरिक्षक राजेश केसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक हवल्दार ठाकुरविक्रम जिसीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे