संघीयतालाई सफल बनाउन प्रदेश सभा सदस्य र मिडियाको भुमिका महत्त्वपूर्ण छ : सभामुख



संघीयतालाई सफल बनाउन प्रदेश सभा सदस्य र मिडियाको भुमिका महत्त्वपूर्ण छ : सभामुख

भालुवाङ २७ भदाै । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संघीयतालाई सफल बनाउन प्रदेश सभा र सरकारले गरेका कार्यलाई ब्यवस्थित रुपमा जनतासम्म पुर्याउन जरुरी रहेको बताएका छन् ।

संघीयताको पहिचान नै प्रदेश संरचना भएको बताउँदै उनले प्रदेशलाई स्थापित गर्न प्रदेश सभाका माननीय सदस्य र मिडियाको महत्त्वपूर्ण भुमिका रहेको बताए । पाल्पा बिकास केन्द्रले बिहिवार दाङको देउखुरीमा आयोजना गरेको प्रदेश सभा मिडिया र संघीयताको अभ्यास संवाद कार्यक्रममा मन्तव्य व्यक्त गर्दै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले भने- “माननीय ज्युहरुले प्रदेश सभा र सरकारले गरेको कार्य जनतामा लैजानु पर्‍यो यसको औचित्यको बारेमा बोल्नु पर्यो , पत्रकार लेखिदिनु पर्‍यो । उनले प्रदेश सभाका गतिविधिमा मिडियाले दिएको चासोले थप जवाफदेही बनाउन सहयोग पुर्याएको बताए । मिडिया पनि जिम्मेवारीपुर्बक प्रस्तुत हुन जरुरी रहेको बताउँदै प्रदेश सभालाई सफल बनाउदा संघीयता सफल हुन्छ भन्नेमा बिश्वस्त रहनु पर्नेमा जोड दिए । यो यसको औचित्यको बारेमा बोल्नु पर्यो , पत्रकार लेखिदिनु पर्यो ।” उहाँले प्रदेश सभाका गतिविधिमा मिडियाले दिएको चासोले थप जवाफदेही बनाउन सहयोग पुर्याएको बताउनु भयो । मिडिया पनि जिम्मेवारीपुर्बक प्रस्तुत हुन जरुरी रहेको बताउनुहुदै प्रदेश सभालाई सफल बनाउदा संघीयता सफल हुन्छ भन्नेमा बिश्वस्त रहनु पर्नेमा जोड दिनु भयो ।

केन्द्रका अध्यक्ष कृष्ण पोख्रेलको अध्यक्षता सचिब किरण कौसलको संचालन तथा बरिस्ठ पत्रकार तिलक पाठकको सहजीकरणमा भएको कार्यक्रममा स्वास्थ्य मन्त्री खेम बहादुर सारुले केन्द्रले जिम्मेवार निकायलाई जवाफदेही बनाउन पैरवी गरेको बताए । मिडियालाई अझ शसक्त बनाउन जरुरी रहेको बताउदै प्रदेश सरकार त्यसको लागी सहकार्य गर्न तयार रहेको उनको भनाई छ । कार्यक्रममा प्रदेश सभा सदस्यहरु तुल्सी प्रसाद चौधरी, जन्मजय तिमिल्सिना, इन्द्र कुमारी गहतराज , भगवती गौतम , मिना कुमारी श्रेष्ठ , खड्क बस्नेत , यमुना रोका तामाङ , राजु प्रसाद श्रेष्ठ , दुर्गा प्रसाद चौधरी , बिष्णु प्रसाद पन्थी , प्रदेश सभा सचिवालयका सूचना अधिकारी सम्झना सुवेदी लगायतले आ -आफ्नो जिम्मेवारीमा सबै जवाफदेही भएमा पारदर्शीता र सुशासन कायम गर्न सहिने र संघीयता सबलीकरण हुने बताए । त्यसको लागी मिडिया र पत्रकार पनि जवाफदेही हुनुपर्नेमा उनीहरुको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे