लुम्बिनीमा काँग्रेसका फरार सांसदले पनि दिए मुख्यमन्त्रीलाई विश्वासकाे मत, प्रहरी बन्याे रमिते



लुम्बिनीमा काँग्रेसका फरार सांसदले पनि दिए मुख्यमन्त्रीलाई विश्वासकाे मत, प्रहरी बन्याे रमिते

भालुवाङ ४ भदौ । काँग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डिबीले पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिनु भएकाे छ । लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे २५ औँ बैठकमै उपस्थित भएर खुलेयाम फरार अभियुक्त केसीले मुख्यमन्त्री आचार्यलाई विश्वासकाे मत दिनु भएकाे हाे ।

रुकुम पूर्वका कांग्रेस सांसद केसी उर्फ डिबी प्रदेशसभा बैठकमा सहभागी भएपछि विपक्षी दल माओवादी केन्द्रले सदनबाटै बिरोध गरेको थियो । प्रदेश सासंद केसी सम्बन्ध विच्छेदको नक्कली कागज बनाएपछि उहाँकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको हो । आदालतले उहाँलाई १ बर्ष जेल सजाय र २ हजार रुपैयाँ जरिवाना समेत तोकिसकेको छ ।

२०४८ साल असार ९ गते अदालतले दोषी ठहर गरी फैसला सुनाए पनि केसी प्रहरीकै संरक्षणमा सरकारी गाडी प्रयाेग गरी खुलेयाम हिडि रहनु भ । हालसम्म उनले सजाय भुक्तान गरेका छैनन् । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेर उनी रुकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भए । ‘अदालतबाट दोषी प्रमाणित भएका व्यक्ति सदनमा छन, जेलमा बस्नुपर्ने मान्छे सदनमा बस्नु कानुनी राज्यको उपहास हो’ प्रतिपक्ष माओवादी केन्द्रको आरोप छ ।

फरार अभियुक्त केसीले सरकारलाई बिश्वासको मत दिए पश्चात टिलिक्क टल्कने कालो गाडीमा पत्रकारको क्यामेराबाट पन्छिन खोज्दै सदनबाट चोर बाटो निस्किए भाग्न सफल हुनु भएकाे छ । उहाँले बा १ झ ७२४४ नं. को सरकारी गाडी प्रयोग गरी हातले मुख छोप्ने प्रयास गर्दै प्रदेश सभाबाट बाहिरिनु भएकाे थियाे । आरएआईडिपी कार्यालयको सेतो नम्बर पेलेटको गाडी सरकारकै संरक्षणमा प्रयोग गरिरहनु भएकाे छ ।

तर यता लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर सिंह कठायतले भने उनको बिषयमा थाहा पाएको तर मुद्दाका बिषयमा सबै फाईल हेर्न बाँकी रहेको बताउनुभयाे । उहाँले फरार अभियुक्त सांसद केसीलाई संरक्षण गर्दै अदालतले गरेको निर्णय पनि आफुले स्वीकार नगरी पुनः एकपटक फाईल हेरेर अध्ययन गरेर मात्रै अगाडि बढ्ने देउखुरी टुडेलाई बताउनुभयाे । प्रहरी प्रमुख कठायतले भने पटक पटक प्रश्नको जवाफ नदिई फोन काटेर पन्छिन समेत कोशिस गर्नुभयाे ।

फरार सांसद केसी अहिले सम्म प्रदेश सभाको ३८ वटा बैठकमा उपस्थित भइसक्नु भएकाे छ । उनै फरार सांसद मंगलबार लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बिश्वासको मत दिन प्रदेशसभामा आउने सूचना थाहा पाएपछि पत्रकारहरुले जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपी र प्रदेश प्रहरी प्रमुख कुवेर कठायत सँग कुरा गर्दै फरार सांसदको उपस्थिति बारे जानकारी मागेको थियो ।

पछि उहाँलाई प्रकाउ गर्न प्रहरी परिचालन गर्ने भने पनि प्रदेश प्रहरी कार्यालयले बेवास्ता र संरक्षण गरेकै कारण प्रहरीले पक्राउ गर्न चासो नदिएको हो । बिहान सूचना पाउँदा समेत ती साँसदलाई पक्राउ गर्न प्रहरी निरीह देखिएको छ । प्रहरीका एक उच्च अधिकारीले गृहमन्त्रीले नै सांसद केसीलाई पक्राउ नगर्न दबाब दिएको दाबी गर्नुभयाे । पक्राउ नगर्न गृहमन्त्रीको दबाब छ, उहाँले भन्नुभयाे ।

यसरी फरार अभियुक्त खुलेआमा सरकारी गाडीमा हिड्नु भनेको सरकारको सुशासनको खोक्र नारा भएको देखिन्छ जवकी प्रकाउ गर्ने प्रहरी प्रशासन नै फरार सासंदको संरक्षण गरिरहेकको छ । सुचना पाउदा समेत ती सासंदलाई प्रकाउ नगरी प्रहरि नै निरिह बसिरहेको छ । यसमा ती फरार अभियुक्त सासंद धन बहादुर केसी र प्रहरी बिच नै सेटिङ् भएको प्रष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे