लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासकाे मत



लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासकाे मत

भालुवाङ ४ भदाै । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासकाे मत माग्नु भएकाे छ । लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशनकाे २५ अाैं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत माग्नु भएकाे हाे । साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएकाे थियाे ।

विश्वासकाे मत माग्दै मुख्यमन्त्री आचार्यले प्रतिपक्षमा रहेका दलहरु संग पनि विश्वासकाे मत माग्नु भएकाे हाे । प्रदेशकाे समृद्धिकाे आकांक्षालाई मुर्तरुप दिन सबै दलहरु एक ठाउँमा आउनुपर्ने बताउदै उहाँले सबैले विश्वास मत दिनुपर्ने धारणा राख्नु भएकाे थियाे । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य कार्यभार सरकारकाे भएकाे समेत बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे