दाङमा चट्याङ लागेर एक बालकको मृत्यु



दाङमा चट्याङ लागेर एक बालकको मृत्यु

दाङ १० असार । दाङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे निवासी बिक्रम बिकका १० वर्षिय छोरा सुबास बिकको सोमबार बेलुका करिब ६ बजे तिर चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घरको आगनमा बसेर मोबाइल चलाई रहेको अवस्थामा नजिकै रहेको भाँडा राख्ने ‌र्यागमा चट्याङ पर्दा बालकको मृत्यु भएको प्रहरीले बताएको छ । बालकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको लागि ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे