राप्तीको ९ नम्बर वडा कार्यालयमा चट्याङ पर्दा करिव २ लाख बढीको क्षति



राप्तीको ९ नम्बर वडा कार्यालयमा चट्याङ पर्दा करिव २ लाख बढीको क्षति

भालुवाङ ६ असार । दाङको राप्ती गाउँपालिका ९ नम्बर वडा कार्यालयमा चट्याङ पर्दा लाखौंको क्षति भएको छ ।

गएराती १२ बजे हावाहुरी, पानी सँग चट्याङ पर्दा वडा कार्यालयको विधुत लाइनका सम्पूर्ण समान जलेको छ । भने सोलार र भवनमा समेत आंशिक क्षति भएको छ । चट्याङबाट करिव २ लाख बढीको क्षति भएको वडा सचिव राजेन्द्र चाैधरीले जानकारी दिएका छन् । लामो खडेरी पछि गएराती हावाहुरी र हल्ला पानी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे