फल्कापुरमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा बिमा क्षतिपूर्ति रकम हस्तान्तरण



फल्कापुरमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाद्वारा बिमा क्षतिपूर्ति रकम हस्तान्तरण

भालुवाङ २५ जेठ । दाङको एक लघुवित्त वित्तीय संस्थाले मृतक परिवारलाई बिमा क्षतिपूर्ति रकम प्रदान गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिसहनियाँले शुक्रबार लमही नगरपालिका-३ उत्तर फल्कापुरमा संस्थाले गठन गरेको फल्कापुर महिला समुहकी सदस्य स्वर्गीय चम्फी चाैधरीको परिवारलाई बिमा क्षतिपूर्ति प्रदान गरेको हो । शाखा प्रमुख नेपाल चाैधरीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ३ का वडा सदस्य सुमन अधिकारीको प्रमुख आतिथ्यतामा  मृतक चम्फी चाैधरीको श्रीमान तुल्सीराम चाैधरीलाई ३ लाख ५० हजार कर्जा लिएकोमा कर्जाको १७२.०२ प्रतिशतले हुन आउने  ६ लाख २ हजार ७० रूपैयाँ बिमा वाफतको क्षतिपूर्ति रकम हस्तान्तरण हो ।  सो रकम शाखा प्रमुख नेपाल चाैधरीले स्वर्गीय चम्फीका श्रीमान् तुल्सीराम चाैधरीलाई हस्तान्तरण गरेका थिए । स्वर्गीय चम्फी चाैधरीको २०८१ साल वैशाख ६ गते ५२ वर्षको उमेरमा क्यान्सरबाट निधन भएको थियो ।

बिमा रकम हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरूले वित्तीय संस्था सुख, दुखको साथी भएको बताउँदै संस्था र समुहलाई चलायमान बनाउन सवै जिम्मेवार हुन आवश्यक रहेको बताए थिए ।  त्यस्तै वक्ताहरूले महिला समुहका सदस्यहरूलाई ऋणको सहि सदुपयोग गर्न सुझाव समेत दिएका थिए । ऋणलाई सहि तरिकाले प्रयोग गरे यसले आर्थिक क्षेत्रमा समेत फट्को मार्ने बताएका थिए । सो अवसरमा समाजसेवी तथा बुद्धिजीवी खुमप्रसाद पाैडेल, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरूले बोलेका थिए । संस्थाकी लेखा प्रमुख पार्वती मरासिनीले स्वागत मन्तव्य तथा विषय वस्तु प्रवेशबाट सुरु भएकाे कार्यक्रमको सञ्चालन सहायक कर्मचारी शशिराम बोहराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे