चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन



चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन

जेठ २० गते । नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

स्थानियतहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने निर्देशन दिएका हुन् ।दाङकाे राजपुर गाउँपालिकाका काङ्ग्रेसका जनप्रतिनिधि र स्थानियवासि प्रत्येक्ष गुनासाे र छलफल कार्यक्रममा शनिवार राजपुर दुलैयामा सम्पन्न भएको छ । कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकी, वडा नं ४ का अध्यक्ष रामछाेर यादव, २ नं वडा अध्यक्ष ओमप्रकाश यादव राजपुर गाउँपालिकामा चुनावमा प्रतिवद्वता अनुसार शिक्षा, स्वास्थ्य  निशुल्क उपलब्ध गराउन आग्रह गरे ।

राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकीले राजपुर गाउपालिकाबासीले स्थानीय सरकारकाे आभाष हुने गरि काम गरेकाे बताए । अध्यक्ष वुढाथाेकीले भने प्रत्येक वडामा कृषि तथा पशु प्राविधिक खटाएर वडामै सेवा पुर्‍यका छाै ।
राजपुरपालिकाले काम गर्छु सिपसिक्छु भन्ने युवाकाे लागि वजेट विनियोजित गरे पनि कुनै युवा नआउनु दुखद भएको बताए । युवाहरुका लागि सिपमुलक तालिमकाे ब्यवस्था गरि राजपुर गाउँपालिकामा नै स्वराेजगार वन्न प्रेरित गरेकाे बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकी लाल बस्नेतले काङ्ग्रेसले स्थानिय सरकारले जनताका सवालमा केन्द्रीत भएर काम बताए । काङ्ग्रेस जनताकाे पार्टी हाे जनताले प्रत्यक्ष लाभहुने काम गरि जनतालाई शिर उपर हुने काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे