देउखुरीको नर्तीमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु २ जना घाइते



देउखुरीको नर्तीमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु २ जना घाइते

देउखुरी ९ जेठ । दाङको देउखुरीमा २ मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु २ जना घाइते भएका छन् ।

बुधबार दिउँसो १:४० बजेको समयमा लमही नगरपालिका वडा नम्बर १ नर्तीमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको सरकारी नं .प्लेटको लुम्बिनी ए.ए.ए ८७०० नं. को मोटरसाइकल र बिपरित दिशा तर्फ आँउदै गरेको रा ३ प ८२४५ नं.को मोटरसाइकल एक आपसमा ठोक्किदा रोल्पा जिल्ला गंगादेब गाउँपालिका- ६ ताप्ला बजार बस्ने ५४ वर्षिय बिरबहादुर खड्काको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।

त्यस्तै सोही ठाउँ निवासी ५७ वर्षिय कमानसिंह खत्री घाइते भएका छन् । उनको वाँया हात, नाक, कम्मर र दाहिने खुट्टामा चोट लागेको छ । त्यस्तै रुपन्देही जिल्ला गैडहवा गाउँपालिका- ७ छत्रपुरुवा बस्ने ३१ वर्षिय अजय मिश्रा घाइते भएका छन् । उनको बाँया कुम र कम्मरमा भित्री चोट लागेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे