लुम्बिनी प्रदेश सरकारलाई अपाङ्गतामैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव



लुम्बिनी प्रदेश सरकारलाई अपाङ्गतामैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव

भालुवाङ ९ जेठ । राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशले अपाङ्गतामैत्री नीति तथा कार्यक्रम ल्याउन सरकार सँग माग गरेको छ ।लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा अपाङ्गतामैत्री नीति तथा कार्यक्रमलाई प्राथामिकतामा राखि बजेट ल्याउन समेत माग गरेको छ । महासंघका प्रदेश कार्यालय व्यवस्थापक धिरेन्द्र विकको नेतृत्वमा गएको टोलीले सोमवार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुगी २७ बुँदे योजना तथा कार्यक्रम सहितको माग पत्र मन्त्रालयका सचिव निराजन घिमिरेलाई बुझाएको छ । महासंघले बुझाएको नीति तथा कार्यक्रममा दशै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य पुर्नस्थापना, रोजगारी, सहायता सामाग्री वितरण, भौतिक संरचना तथा सुचना संचार प्रणालीहरु पहुँचयुक्तता हुनुुपर्ने माग गरेको छ ।

त्यस्तै महासंघले अपाङ्गता समावेशी विपद योजना निमार्ण, अपाङ्गतामैत्री पञ्चवर्षेयी रणनीतिक योजना बनाउन माग समेत गरेको छ । त्यस्तै लुम्बिनी प्रदेश स्तरीय अपाङ्गता सम्बन्धी सुचना तथा स्रोत केन्द्र स्थापनाका लागि भवन निमार्ण गर्न, प्रदेश सभामा १ जना सांकेतिक भाषाको दोभाषेको नियुक्ती, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा नियुक्त सांकेतिक भाषाको दोभाषेको निरन्तरता दिन, अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य बीमा, सिपमुलक तथा क्षमता विकास तालिमको माग गरेको छ । माग पत्र बुझदै मन्त्रालयका सचिव निराजन घिमिरेले महासंघले माग गरेका योजना तथा कार्यक्रमहरु महत्वपुर्ण रहेको बताउँदै प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा ती माग तथा योजनालाई प्राथामिकतामा राख्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिवद्धता जनाएका छन् ।त्यस्तै महासंघले राजधानी क्षेत्रमा बन्न लागेका प्रशासनिक भवनहरु अपाङ्गतामैत्री बनाउने विषयमा शहरी विकास मन्त्रालय अन्र्तगतको प्रदेश राजधानी निमार्ण आयोजना कार्यान्वयन इकाईका इन्जीनियर तथा निमार्ण व्यवसायीहरु सँग छलफल समेत गरेको छ । त्यस्तै महासंघले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सँग पनि भेटघाट गरेको छ । स्थानीय सरकारलाई पनि महासंघले अपाङ्गतामैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको छ । भेटका क्रममा अध्यक्ष विष्टले राप्ती गाउँपालिका अपाङ्गतामैत्री भएको बताउँदै अहिले पनि अपाङ्गता भएका नागरिकहरका लागि रोजगारी सँग जोड्ने देखि विभिन्न कार्यक्रमहरु गरिरहेको र अव आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि महासंघकै सल्लाह सुझाव बमोजिम कार्यक्रम तथा योजना बनाउने बताएका छन् । माग पत्र बुझाउने कार्यक्रममा महासंघका अपाङ्गता अधिकारकर्मी शिव घर्ती मगर, सरोजा भण्डारी, महानन्द प्रसाद पोख्रेल र स्थानीय वकालत समुहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे