LISTEN LIVE RADIO

भालुवाङ महायज्ञमा १ लाख ५० हजार बढी दान गर्ने सन्तवीर पुन परिवार हाल सम्मकै उत्कृष्ट दानवीर



भालुवाङ महायज्ञमा १ लाख ५० हजार बढी दान गर्ने सन्तवीर पुन परिवार हाल सम्मकै उत्कृष्ट दानवीर

भालुवाङ ९ वैशाख । दाङको राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकमा वैशाख १ गते देखि ११ गते सम्म सञ्चालित शिव पुराण ज्ञान प्रवचन महायज्ञ जारी रहेकोे छ ।

महायज्ञमा हाल सम्म १६ लाख ९३ हजार ४३ रुपैयाँ दान संकलन भएको आयोजकले जानकारी दिएको छ । महायज्ञमा दान गर्नेहरु मध्येकै हाल सम्मकै उत्कृष्ट दानवीरको रुपमा राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक निवासी सन्तवीर पुन तथा सुधा पुनको परिवार रहेका छन् । उनीहरुले महायज्ञमा १ लाख ५० हजार ५ रुपैयाँ दान गरेका छन् । दानवीर पुन परिवारलाई आयोजकले बाजागाजा सहित भव्य स्वागत तथा सम्मान गरेको थियो । भालुवाङ निवासी जुगलाल पोखे्रल तथा हुमादेवी पोख्रेलको स–परिवारको मुख्य आयोजना एवम् भालुवाङ शिवालय धार्मिक पर्यटन विकास संरक्षण समितिको व्यवस्थापनमा मन्दिर परिसरमा महायज्ञ जारी छ । धार्मिक क्षेत्रको विकास सँगै शिव पुराणबाट संकलित भेटी तथा दानबाट शिव मन्दिरमा धर्मशाला निमार्ण, पुल्चोकको माथि डाँडामा हिमालय पर्वत सहित शिवपार्वतीको प्रतिमा निमार्ण गर्ने लक्ष्य राखिएको छ । ११ दिन सम्म सञ्चालन हुने महायज्ञको प्रमुख कथा बाचकमा सन्त श्रीकृष्ण शरण रहेका छन् ।

उनको मुखारविन्दुबाट संगितमय भजनकृतन एवं प्रवचन सहितको शिव महापुराण पारायण एवम् लक्ष्य होम महायज्ञ संचालन भइरहेको छ । शिव पुराण ज्ञान प्रवचन महायज्ञमा ५ हजार १ सय देखि १० हजार सम्म स्वइच्छा दान गर्ने भक्तजनहरुलाई संस्थाको तर्फबाट शिलालेखमा नाम सहित सम्मान तथा प्रमाण पत्र प्रदान गरिने मुल समितिले जनाएको छ । त्यसैगरी १५ हजार देखि २५ हजार सम्म स्वइच्छाले दान दिनेलाई शिलालेखमा नाम सहित संस्थाको मानार्थ आजीवन सदस्य तथा सम्मान प्रमाण पत्र, २५ हजार एक देखि ५० हजार सम्म स्वइच्छा दान दिनेलाई शिलालेखमा नाम सहित संस्थाको मानार्थ आजीवन सदस्य तथा प्रमुख वाचकबाट सम्मान र प्रमाण पत्र प्रदान गरिने बताइएको छ । यसैगरी शिलालेखमा १ लाख भन्दा माथि स्वइच्छा दान गरेमा शिलालेखमा नाम सहित संस्थाको मानार्थ आजीवन सदस्य तथा प्रमुख वाचकबाट सम्मान र सम्मान प्रमाण पत्र र बाजागाजा सहित बजार परिक्रमा गराइने मुल समितिले जनाएको छ । महायज्ञको सम्पूर्ण खर्च पोख्रेल परिवारले गरेको छ । संकलित भेटी तथा सम्पूर्ण दान मन्दिर व्यस्थापन समितिमा जाने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे