LISTEN LIVE RADIO

नेपालमा पहिलाे पटक देउखुरीकाे शिव सवरीधाम पहरूवामा एक कराेड बत्ती बालियाे



नेपालमा पहिलाे पटक देउखुरीकाे शिव सवरीधाम पहरूवामा एक कराेड बत्ती बालियाे

शिव सवरीधाम पहरूवामा लाख बत्ती कार्यक्रमकाे समापन

देउखुरी टुडेकर्मी, सिसहनियाँ ३० मंसिर ।

देउखुरीकाे शिब सवरीधाम पहरूवामा लाख बत्ती कार्यक्रममा एक कराेड बढी बत्ती बालेर मंगलबार समापन गरिएकाे छ । विश्व शान्तिकाे कामना गदै नेपालकाे इतिहासमा पहिलाे पटक शिव सवरीधाम पहरूवामा एक कराेड बढी बत्तीमा बालेर समापन गरिएकाे हाे ।

कार्यक्रममा ८५ लाख बत्ती बाल्ने आयाेजककाे तयारी रहेकाे भएता पनि भक्तजनहरूकाे सक्रियताले १ कराेड ५ लाख बत्ती बालिएकाे धामकी अध्यक्ष शिबलक्ष्मी चाैधरीले भनिन् । कार्यक्रममा १० हजार बढीलाई भण्डारा खवाईएकाे आयाेजकले जनाएकाे छ । मंसिर २८ गते लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले उद्घाटन गरेकाे लाख बत्ती कार्यक्रम तीन दिन सम्म चलेकाे थियाे ।

शिवसवरी धाम कि उपाध्यक्ष रूपक चाैधरीकाे अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीकाे प्रमुख आतिथ्यमा भएकाे समापन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष सुवेदीले शिवसवरी धाम राप्ती गाउँपालिकाकाे मात्र नभई सिंङ्गाे लुम्बिनी प्रदेशकाे गहना भएकाेले यसकाे संरक्षण, सम्वद्धन गर्ने जिम्मा अब गाउँपालिका र प्रदेश सरकारकाे भएकाे बताए ।

प्रमुख अतिथी सुवेदीले यसधामकाे विकासका लागि गाउँपालिकाले निरन्तर बजेट बिनियाेजन गर्दै आएकाे जानकारी गराउँदै यश बर्ष पनि गाउँपालिकाले एक लाख बजेट बिनियाेजन गरेकाे बताए । उनले यस शिवसवरी धाम र गंगासागर हाम्राे लागि गहना भएकाेले यसकाे संरक्षण गर्ने नैतिक जिम्मेवार गाउँपालिकाले लिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम व्यवस्थापन समितीकी सदस्य सुरजमनि चाैधरीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी, नबनेपाल बिएड क्याम्पसका अध्यक्ष रमेश वली, राप्ती गाउँपालिका वार्ड नम्बर ७ कि सदस्य शान्ति चाैधरी, पत्रकार सन्ताेषकुमार गुप्ता, मन्दिरकी सदस्यहरू बिष्णु पाण्डे, प्रभा चाैधरी, सन्ताेष कुढाथाेकी, बसन्ती चाैधरी, रबिना चाैधरी र साेमिया बस्नेत लगायतका बक्ताले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन थारू गायक राजेन्द्र चाैधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे