LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको मुक्तिनगर लालमटिया स्थित एक घरमा आगलागी : डेढ लाख बराबरको क्षति



राप्ती गाउँपालिकाको मुक्तिनगर लालमटिया स्थित एक घरमा आगलागी : डेढ लाख बराबरको क्षति

भालुवाङ २६ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ मुक्तिनगर लालमटिया निवासी एकल महिला चुलामी चाैधरीको घरमा आइतबार राति ७ बजे आगलागी भएको छ ।

टिनले छाएको कच्ची घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, कागजात सवै जलेर खरानी भएको छ । आगलागीबाट करिव १ लाख ५० हजार बराबरको क्षति भएको वडा अध्यक्ष पहलवान चाैधरीले जानकारी दिएका छन् । घरमा आफू नभएको बेला विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने पिडित चाैधरीले बताएकी छिन् ।

आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । पिडित महिला अहिले छिमेकीको आश्रयमा बसिरहेकी छिन् । घरमा एक्लो रहेका उनको अवस्था दयनीय रहेको छ । खान लाउन समेत नपुग्ने महिलालाई आगलागीले अझ पीडा थपेको छ । उनलाई यति बेला सहयोगकाे आवश्यकता परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे