LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशको पहिलो मन्त्रीपरिषद् बैठक सम्पन्न, सरकारको प्रबक्तामा मन्त्री पुन



लुम्बिनी प्रदेशको पहिलो मन्त्रीपरिषद् बैठक सम्पन्न, सरकारको प्रबक्तामा मन्त्री पुन

भालुवाङ २५ चैत । लुम्बिनी प्रदेश सरकारले दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, भालुबाङमा सञ्चालित प्रास्तावित अस्पतालाई लुम्बिनी प्रदेश सरकारले बिशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने भएको छ ।

नवगठित प्रदेश सरकारको पहिलो प्रदेश मन्त्रीपरिषद् बैठकले राप्ती गाउँपालिका भित्र सञ्चालन भएको अस्पताललाई प्रदेशको बिशेषज्ञ अस्पतालको रुपमा विकास गर्न अर्थमन्त्रालयले पूर्व सहमती दिएको र सोही आधारमा प्रदेश सरकारले स्विकृती दिने निणर्य गरेको मन्त्री तथा सरकारका प्रवक्ता दिपेन्द्र पुनले जानकारी दिए । यस्तै बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री दिपेन्द्र पुनलाई दिने निणर्य गरेको छ । बैठक मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे