LISTEN LIVE RADIO

देउखुरीको बिजौरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु



देउखुरीको बिजौरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

देउखुरी टुडेकर्मी, भालुवाङ ३० मंसिर ।

देउखुरीको बिजौरीमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही तर्फ जाँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकिराखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठोक्किदा राप्ती गाउँपालिका वडा नं. ७ निवासी २७ बर्षिय अनिल चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारको लागि लमही तर्फ लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख भुवन भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे