LISTEN LIVE RADIO

देउखुरीको गढवामा रेडक्रस कार्यक्रमको समिक्षा तथा मस्यौदा माथी छलफल



देउखुरीको गढवामा रेडक्रस कार्यक्रमको समिक्षा तथा मस्यौदा माथी छलफल

शिबराज पन्थी, गढवा ३० मंसिर ।

गढवा गाउँपालिकाका आठवटै वडाहरुमा नेपाल रेडक्रस सोसाइटीको इन्कोर परियोजनाले सन् २०२० भित्र संचालन गरेका सम्पुर्ण गतिबिधिहरुको एक कार्यशालाका बीच समिक्षा तथा छलफल गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखा दाङका सभापति नारायण आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समिक्षा तथा कोभिड एवं बाढी पुर्व तयारी योजना र गाउँपालिकाको बिपद ब्यवस्थापन कोष संचालन कार्यबिधि–२०७७ को मस्यौदा माथी छलफल भएको थियो ।

कार्यक्रममा नवजागरण महिला तथा वाल संरक्षण केन्द्र तुलसीपुरले गढवा गाउँपालिकाको कोभिड तथा बाढी पुर्व तयारीको बार्षिक योजना र बिपद् ब्यवस्थापन कोष संचालन कार्यबिधि–२०७७ माथी बृहत छलफल पछि गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय भएको केन्द्रका कार्यक्रम अधिकृत उमेश खरेलले जानकारी दिए ।

रेडक्रसको इन्कोर परियोजनाले गढवा गाउँपालिकाका आठवटै वडाहरुमा २६ वटा बिपद् तथा जलबायु उत्थानशिल समितिहरु बनाएर बिगत ४ बर्ष अगाडी देखि बिपद् ब्यवस्थापन,खानेपानी स्वच्छता तथा सरसफाईका कार्यक्रम,जिविकोपार्जन र बिपद् प्रतिकार्यका बिभिन्न सचेतनामुलक तालिमहरु संचालन गरेर बिपद् प्रतिकार्यकालागि दक्ष जनशक्ति समेत तयार गरेको र सो कार्यक्रममा सन् २०२० को एकबर्ष अबधिभर कुल १ करोड ३० लाख २६ हजार लगानी गरेको कार्यशालामा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले रेडक्रसको इन्कोर कार्यक्रम मार्फत गाउँपालिकासंग समन्वय र सहकार्य गर्दै गढवा गाउँपालिका क्षेत्रमा महत्वपुर्ण कार्यक्रमहरु गरेको बताए । स्थानीय सरकार र संघसंस्था बीचको समन्वय र सहकार्यले मात्र कार्यक्रम प्रभावकारी हुने भएको उनले बताए । कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगि,बिषयगत शाखाका प्रमुखहरु र गढवा स्थित संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा संरक्षणकर्मि उमाकान्त पन्त,इलाका प्रहरी गढवाका प्रमुख राजकुमार भट्ट,अधिकारकर्मि जया बिश्वकर्मा लगायतले रेडक्रसको इन्कोर परियोजना र तुलसीपुर स्थित न्यूसिपिसि संस्थाले गढवा क्षेत्रमा बिपद प्रतिकार्यका कार्यमा महत्वपुर्ण कामहरु गरेको बताए । कार्यक्रमको सहजीकरण रेडक्रस इन्कोर कार्यक्रमका अधिकृत जगत तामाङ, फिल्ड अधिकृत देवि प्याकुरेल र न्यूसिपिसि तुल्सीपुरका कार्यक्रम अधिकृत उमेश खरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे