LISTEN LIVE RADIO

प्रेस चौतारीले पत्रकार महासंघ दाङको अध्यक्षमा जेएन सागरलाई उम्मेद्वार बनाउने



प्रेस चौतारीले  पत्रकार महासंघ दाङको अध्यक्षमा जेएन सागरलाई उम्मेद्वार बनाउने

दाङ २४ चैत । प्रेस चौतारी नेपाल दाङ शाखाले जेएन सागरको नेतृत्वमा पत्रकार महासंघको चुनावमा जाने भएको छ ।अध्यक्ष प्रेम राम्जाको अध्यक्षतामा आज बसेको दाङ शाखाको बैठकले जेठ महिनामा हुने निर्वाचनमा जेएन सागरलाई अध्यक्षमा अगाडी सार्ने सर्वसम्मत निर्णय गरेको सचिव किरण गौतमले जानकारी दिएका छन् । बैठकले पत्रकार महासंघले जेठ ३/४ मा गर्ने मिडिया महोत्सवलाई सफल बनाउने निर्णय पनि गरेको छ ।बैठक प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा बसेको थियो । बैठकमा पूर्व उपाध्यक्ष शरद अधिकारी, प्रेस चौतारी लुम्बिनी प्रदेश सहइन्चार्ज एमाले दाङका प्रेस चौतारी फाँट प्रमुख संगित बस्यालको विशेष उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे