LISTEN LIVE RADIO

आशाका किरण संस्थाले आज दोस्रो वार्षिक साधारणसभा तथा क्यालेन्डर विमोचन कार्यक्रम गर्दै



आशाका किरण संस्थाले आज दोस्रो वार्षिक साधारणसभा तथा क्यालेन्डर विमोचन कार्यक्रम गर्दै

भालुवाङ २४ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ मा रहेको आशाका किरण संस्थाले आज दोस्रो वार्षिक साधारणसभा, क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाको हालै बसेको बैठकले साधारण, क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय बमोजिम आज राप्ती गाउँपालिका-१ भालुवाङ स्थित होटल पाैवामा कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दिउँसो १ बजे देखि सुरू हुने र सो कार्यक्रमको उद्घाटन गर्न संघिय सरकारका पुर्व शहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरी गर्ने बताइएको छ ।

कार्यक्रमको सम्पूर्ण तयारी समेत पूरा भएको संस्थाका अध्यक्ष अशोक बेल्वासेले जानकारी दिएका छन् । साथै कार्यक्रममा सम्पूर्ण युवा, जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख तथा सरोकारवाला, पत्रकार सवैलाई उपस्थितिका लागि संस्थाका अध्यक्ष बेल्वासेले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे