LISTEN LIVE RADIO

प्रदेश योजना आयोगलाई राष्ट्रिय अपाङ्ग महासंघद्धारा अपाङ्गतामैत्री योजना बनाउन १५ बुँदे सुझाव



प्रदेश योजना आयोगलाई राष्ट्रिय अपाङ्ग महासंघद्धारा अपाङ्गतामैत्री योजना बनाउन १५ बुँदे सुझाव
भालुवाङ २१ फागुन । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यालयले लुम्बिनी प्रदेश योजना आयोग समक्ष आफ्नो १५ बुँदे सुझाव पेश गरेको छ ।
लुम्बिनी प्रदेश योजना आयोगले दाेस्रो आवधिक योजना २०८०/०८१ देखी २०८५/८६ को दोस्रो आवधिक योजनाको आधारपत्र विस्तृत दस्तावेज तर्जुमा सम्बन्धमा लुम्बिनी प्रदेश योजना अयोगले सरोकारवाला तथा आमनागरिक समाज सँग सुझाव संकलन गरी रहेको अवसरमा महासंघले अपाङ्गतामैत्री योजना बनाउन सुझाव पेश गरेको हो ।
महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष अजयकुमार शर्माको नेतृत्वमा १५ बुँदे सुझाव आयोगका तथ्यांक प्रमुख  मेघराज पौडेललाई बुझाएको हो । तथ्यांक शाखा प्रमुख पौडेलले आयोगले सुझाव संकलन गरिरहेको समयमा स्वतःस्फुर्त रुपमा सुझाव पेश गरेकोमा धन्याबाद व्यक्त गर्दै पेश भएको सुझाव सम्बन्धित निकाय समक्ष पुराउने प्रतिवद्धता जनाएका छन् । सुझाव पेश गर्ने कार्यक्रमको सहजीकरण महासंघका प्रदेश व्यवस्थापक धिरेन्द्र विकले गरेका थिए भने सुझावमा समेटिएका बुँदाहरु पढेर महासंघका प्रदेश सचिवालय सदस्य जुमासिंह केसीले सुनाएर कोषाध्यक्ष अजय कुमार शर्माले हस्तान्तरण गरेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, सचिवालय सदस्यहरु, विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु र पत्रकार गरि करीव २० जनाको उपस्थिति रहेको थियो ।
पेश गरिएका सुझावका बुँदाहरु 
१) प्रदेश स्तरिय अपाङ्गता सम्बन्धी सूचना तथा श्रोत केन्द्र स्थापना तथा भवन निर्माण ।
२) प्रदेश स्तरीय र प्रत्येक जिल्लामा स्वास्थ्य पुनरास्थापना सेवा केन्द्र स्थापना ।
३) प्रदेश स्तरीय सबै सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरु र प्रत्येक स्थानिय तहमा अनिवार्य रुपमा सांकेतिक भाषा दोभासेको व्यवस्था गर्ने ।
४) सबै सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुबाट जारी हुने आम नागरिकका लागि सार्वजनिक हुने सुचनाहरु सबै प्रकारका अपाङ्गता भएका व्यक्रिहरुको लागि पहुँचयुक्त बनाउने ।
५) अपाङ्गता भएका व्यक्तिहरुको सक्षमता रुचि र  चाहना  अनुसारको रोजगार र स्वरोजगारमुखी बनाउने ।
६) पहुँच युक्त समावेशी शिक्षा प्रर्वद्धन र विकास गरी सबै अपाङ्गता भएक व्यक्तिहरुलाई गुणस्तरीय शिक्षाको योजना ।
७) सबै अपाङ्गता भएका व्यक्तिहरुको निशुल्क स्वास्थ्य बिमा योजना
८) अपाङ्गतामैत्री पहुँचयुक्त स्थानीयतह निर्माणको लागि गुरु योजना ।
९) अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक न्याँय प्रर्वद्धनात्मक योजना ।
१०) अपाङ्गता भएका व्यक्तिहरुको वर्गिकृत तथ्यांकको लागि सप्ट्वयेर विकास गर्ने ।
११) अपाङ्गता मैत्री प्रविधि विकास योजनाहरु ।
१२) अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकहरुलाई हेरचाह तथा स्याहार योजना ।
१३) अपाङ्गता समावेशी विपद व्यवस्थापन योजना ।
१४) अपाङ्गतामैत्री भौतिक पुर्वाधारहरु, सडक, पुल बिल्डिक, खेलमैदान, पार्क आदि ।
१५) अपाङ्गता समावेशी शिक्षा क्षमता विकास तालिमहरुको योजनाहरु ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे