LISTEN LIVE RADIO

प्रेस चाैतारीको स्थापना दिवसका अवसरमा दाङको लमहीमा रक्तदान कार्यक्रम



प्रेस चाैतारीको स्थापना दिवसका अवसरमा दाङको लमहीमा रक्तदान कार्यक्रम

लमही २१ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अबसरमा दाङ शाखाले रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार सेवा केन्द्र लमहीमा आइतबार एक कार्यक्रमको आयोजना गरि २६ औँ स्थापना दिवसका अबसरमा रक्तदान गरेको हो ।

कार्यक्रममा प्रेस चा‌ैतारी दाङकी जिल्ला सदस्य निसाकुमारी चाैधरी सहित ९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रतनकुमार केसी, प्रविन पाैडेल, धनिराम गुरूङ, बासुदेव चाैधरी, नमनिधी पाैडेल, गंगाराम भट्टराई, विशाल आचार्य, सन्तोष खड्का, सशस्त्र प्रहरीहरू दिलिप विसी, किशोरसिंह ठकुरी, कैलाश माली, सुरेश कुमार राना, अजय थारू रहेका छन् ।

प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षता एवं नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य तथा पुर्व लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै शर्माले सामाजिक जागरण र रुपान्तरण मुखी पत्रकारीता अहिलेको अपरिहार्यता भएको बताएका छन् । सत्य खोज र तथ्य सम्प्रेषण नै पत्रकारीताको धर्म भएको भन्दै उनले देश विकासको पहरेदार बन्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन सचिव किरण गौतमले गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कुलबहादुर केसी, एमालेका नेता गंगाराम भट्टराई, प्रेस चाैतारीका केन्द्रीय सदस्य सन्तोष कुमार गुप्ता, चाैतारीका लुम्बिनी प्रदेश सहइन्चार्ज टिकाबहादुर बस्नेत, चाैतारीका लुम्बिनी प्रदेश उपाध्यक्ष दशरथ घिमिरे, सदस्य ओमप्रकाश गुप्ता, नेकपा एमालेका लमही नगर इन्चार्ज रतनकुमार केसी, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका उपाध्यक्ष केपी घिमिरे, लाइन्स क्लव अफ घोराहीका अध्यक्ष विवेक आचार्य, रोटरी क्लव अफ लमहीका अध्यक्ष केशव घिमिरे, गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्रिन्सिपल लोकमान रिजाल, रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख मनिसा चन्द, प्राविधिक सहायक सिमा वली, ल्याव व्याय आशा चाैधरी, प्रेस चाैतारी महिला विभाग उपसंयोजक लक्ष्मी पोख्रेल, जिल्ला सदस्य निसा कुमारी चाैधरी लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे