LISTEN LIVE RADIO

लमही महाेत्सवमा आउँदै गरेकी गायिका रचना रिमाल सवार स्कारपियाे दुर्घटना



लमही महाेत्सवमा आउँदै गरेकी गायिका रचना रिमाल सवार स्कारपियाे दुर्घटना

देउखुरी १४ माघ । चर्चित गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । दाङ-देउखुरीकाे लमहीमा जारी महाेत्सवका लागि नेपालगञ्जबाट लमही तर्फ आउँदै गरेकाे स्कारपियाेलाई बाँकेकाे सिक्का नजिक बेलुकी ५ बजे ट्रकले ठिक्कर दिएकाे छ।

गायिका रिमाललाई लिएर लमही तर्फ आउँदै गरेकाे बा १६ च ८३४३ नम्बरकाे स्कारपियाेलाई विपरित दिशा तर्फ जाँदै गरेकाे बा.प्र. ०३०१ ख २११८ को नम्बरको ट्रकले ठक्कर दिएकाे स्कारपियाेमा सवार पत्रकार शिबु खनालले जानकारी दिएका छन् ।

गायिका रिमाललाई कुनै चाेटपटक नलागेकाे पत्रकार खनालले जानकारी दिए । पत्रकार खनालकाे भने घुँडामा समान्य चोट लागेको छ । गायिका रिमाल भने आर्काे गाडीबाट महाेत्सवस्थल आईपुगेकाे बताईएकाे छ । गायिका रिमाललाई लिन पत्रकार शिबु खनाल नेपालगञ्ज इएरपाेर्ट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे