LISTEN LIVE RADIO

आदर्श नमुना मावि लालमटियाको अभिभावक भेला



आदर्श नमुना मावि लालमटियाको अभिभावक भेला

भालुवाङ १६ मंसिर । आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियाको ६४ औं वार्षिकोत्सब तथा अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघका संयोजक हुमप्रसाद आचार्यको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तेस्रो बैठकबाट चयन गर्ने गरि अभिभावकबाट ४ जना सदस्यहरू हेमराज भण्डारी, डासीराम आचार्य, द्रोपति चाैधरी अमृता परिवारलाई चयन गरेको छ । त्यस्तै सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक किरण पोख्रेल र पदेन सदस्यमा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरी रहेका छन् । भने दोस्रो बैठकले ३ जना सदस्य मनोनीत गर्ने भएको छ । त्यस्तै भेलाले लिलामणि पोख्रेलको संयोजकत्वमा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । जसका सदस्यहरू पार्वता भुसाल, नागेश्वर चाैधरी, डिआर पाैडेल, लिलाधर परिवार, ऋतु चाैधरी, हरिमोती चाैधरी, वसन्त अधिकारी र सदस्य सचिवमा किरण पोख्रेल रहेका छन् ।

भेला उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका समाजिक विकास शाखा प्रमुख तथा प्रवक्ता पहलवान चाैधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, देउखुरी टुडेका अध्यक्ष तथा प्रधान सम्पादक सन्तोषकुमार गुप्ता, अभिभावहरू चित्रबहादुर महतरा क्षेत्री र निर्मला चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा २०७८ साउन २४ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णय नम्बर १३ अनुसार आधारभुत तहमा नियुक्ति पाई माविमा कक्षा लिने शिक्षकहरूलाई सम्मान गरिएको छ । जस अनुसार यमुना धिताल, दया भण्डारी, पद्मा घिमिरे, निलम चाैरसिया, निर्मला बञ्जाडे, जिवराज शर्मा, यादव आचार्य, विदुर थापा, कुमार पुन, विपिन ज्ञवाली, पवित्रा राईमाझी र कर्मचारी पुरन चाैधरी रहेका छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक मिनबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सहयक प्रधानाध्यापक यादव आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे