LISTEN LIVE RADIO

सिसहनियाँको प्रगतिनगर शहरी खानेपानी संस्थाको साधारणसभा तथा कार्यालय भवन उद्घाटन



सिसहनियाँको प्रगतिनगर शहरी खानेपानी संस्थाको साधारणसभा तथा कार्यालय भवन उद्घाटन

देउखुरी १६ मंसिर । दाङ—देउखुरीको राप्ती गाउँपालिका—८, पिपरी स्थित प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैठौं वार्षिक साधारणसभा तथा कार्यालय भवन उद्घाटन कार्यक्रम आज शनिबार पिपरीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डेको अध्यक्षता एवम् शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजना व्यवस्थापन कार्यालय पानी पोखरी काठमाडौंका आयोजना निर्देशक रत्नप्रसाद लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

यसैबीच प्रगतिनगर शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवनिर्मित सुविधा सम्पन्न कार्यालय भवनको समेत उद्धाटन गरिएको छ । शहरी खानेपानी तथा सरसफाई आयोजनाको २५ लाख ४५ हजारको लागतमा सम्पन्न कार्यालय भवनको प्रमुख अतिथी लामिछानेले रिबन काटेर उद्धाटन गर्नु भएको हो ।

संस्थाकी उपाध्यक्ष नारायणी पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका सचिव तिर्थराज ज्ञवालीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लुमबहादुर गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कर्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, राप्ती गाउँपालिका—८, नम्बर वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ्ग, खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष हस्तबहादुर गुरुङ्ग, लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष जंङ्गबहादुर चौधरी, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पूणर्बहादुर बुढाथोकी, निर्माण व्यवसाय हरि ढकाल र संस्थाका सल्लाहकार रामप्रसाद चौधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तिर्थराज ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे