LISTEN LIVE RADIO

भालुवाङको राप्ती सामुदायिक वनको नयाँ कार्यसमिती चयनमा बिबाद, निर्वाचन हुने



भालुवाङको राप्ती सामुदायिक वनको नयाँ कार्यसमिती चयनमा बिबाद, निर्वाचन हुने

 भालुवाङ १६ मंसिर । दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, भालुवाङ स्थित राप्ती सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्य समिती चयनमा बिबाद भएपछि निर्वाचन गरिने भएको छ । समूहको आज शनिबार कार्यालय परिसर भालुवाङमा भएको २५ औँ बार्षिक साधारणसभा तथा १४ औँ अधिवेशनको बन्द सत्रमा नयाँ नेतृत्व चयनका बिषयमा बिबाद भएपछि निर्वाचन गरिने भएको हो ।

समूहको मुख्य पदहरु अध्यक्ष, सचिव र कोषाध्यक्षमा धेरै आकांक्षी देखिएपछि र उम्मेदवारहरु बीच सहमति हुन नसकेपछि निर्वाचन प्रकृयाबाट नयाँ कार्य समिती चयन गर्ने गरी निर्वाचन समिती गठन गरिएको छ । समूहको विद्यान अनुसार निर्वाचन समिती गठन व्यवस्था अन्तर्गत राप्ती गाउँपालिका—१, का अध्यक्ष गेमबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिती गठन गरिएको छ । जसको सदस्यमा समूहको उपभोक्ताको तर्फबाट इराधा झाँक्रीमगर र अन्य तीन सदस्य विद्यान अनुसार गठन गरी निर्वाचन प्रकृया अगाडी बढाइने निर्वाचन संयोजक खड्काले बताए ।

समूहको अध्यक्षमा महेश रिजाल, पदमबहादुर झाँक्रीमगर र कणर्बहादुर केसीले दाबी गरेपछि बिबाद भएको थियो । तीनै जना उम्मेदवारले आ—आफ्नो अडान नछोडेपछि निर्वाचनमा लागेको हो । समूहमा हाल सम्म ५ सय ८५ जना उपभोक्ताहरु रहेका छन् ।

समूहका कार्यवाहक अध्यक्ष तेजबहादुर पुनको अध्यक्षता एवम् राप्ती गाउँपालिका—१, का अध्यक्ष गेमबहादुर खड्काको प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभाेक्त्ता महास‌‌घ दाङका अध्यक्ष हरिप्रसाद भुसाल र सव डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिनोदकुमार शाहको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।

समूहका सदस्य हिराबहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बार्षिक प्रतिवेदन समूहका संस्थापक सचिव महेश रिजाल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरिता केसीले गरेका थिए ।

साधारणसभा तथा अधिवेशन उद्धाटन सत्रमा राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, नेपाल राष्ट्रिय माविका प्रधानध्यापक लोकेन्द्र केसी, समूहका पूर्व अध्यक्ष रुद्रबहादुर झाँक्री, समूहका बरिष्ठ सल्लाहकारहरु लालमोहम्द मियाँ, बहादुरकणर् केसी, मोहम्मद सलिम शाह र पूर्व क्याप्टेन जितबहादुर पुन लगायतका वक्ताले शुधकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन समूहका संस्थापक सचिव तथा पत्रकार महेश रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे