LISTEN LIVE RADIO

अन्तर बिद्यालस्तरिय बास्केटबल प्रतियोगितामा घोराहीकाे गुरुकुल एकेडेमी प्रथम



अन्तर बिद्यालस्तरिय बास्केटबल प्रतियोगितामा घोराहीकाे गुरुकुल एकेडेमी प्रथम

घोराही १६ मंसिर । दाङकाे घोराहीमा भएको बास्केटवल प्रतियोगितामा गुरुकल एकेडेमीले उपाधि उचालेको छ । आज शनिबार भएको फाईनल खेलमा गोरखा बोर्डिङलाई ६० अंकका विरुद्ध ७६ अंक लिएर गुरुकुल एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भयको हो ।

घोराही उपमहानगरपालीकाको खेलकुद विकास समितिको आयोजनामा अन्तरविद्यालय बास्केटवल प्रतियोगिता भएको हो । गत १२ गतेबाट भएको प्रतियोगिताको फाईनल खेल आज शनिबार सम्पन्न भएको हो । बिद्यार्थीहरुलाई खेल क्षेत्रमा बिकसित गराउने तथा लोप हुँदै गएको महत्वपूर्ण खेल बास्केटबललाई बचाई राख्न र संगसंगै शारिरिक फिट गराउने र खेलाडीहरुमा प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले जानकारी दिए ।

फाईनल खेलमा गुरुकुल एकेडेमीका यञ्जल चन्द सबैभन्दा उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्, भने विराज पुन राइजिङ स्टार बनेका छन् । सामुदायिक र संस्थागत विद्यालयहरुबीच प्रतियोगिता गर्ने घोराही उपमहानगरपालिकाको निर्णय अनुसार बास्केटबल प्रतियोगिता गरिएको हो । तर सामुदायिक बिद्यालयहरुले भने भाग लिएका थिएनन् ।

यसैगरी संस्थागत ७ विद्यालयबाट ८ वटा समुह प्रतियोगितामा सहभागी भएका थिए । यी सबै समुहहरुलाई पछि पार्दै गुरुकुल एकेडेमीले उपाधी चुम्न सफल भएको हो । गुरुकुल एकेडेमीले जिल्लामा हुने धेरै जस्तो प्रतियोगितामा प्रथम उपाधी पाइसकेको छ । शिक्षा क्षेत्रमा अब्बल बनेको बिद्यालय खेल क्षेत्रमा पनि अब्बल बन्दै गइरहेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो भने बिजेतालाई ट्रफी, मेडल र प्रमाण-पत्रले सम्मान गरिएको थियो । बिजेता टिम गुरुकुल एकेडेमीको प्रशिक्षकमा बास्केटबल प्रशिक्षक राष्ट्रिय खेलाडी भुगोल कँवर मगर रहेका थिए भने प्रतियोगिता ब्यबस्थापनमा अतिरिक्त विभाग संयोजक विशालमान श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे