LISTEN LIVE RADIO

आदर्श नमुना मावि लालमटियाको ६४ औं वार्षिकोत्सब



आदर्श नमुना मावि लालमटियाको ६४ औं वार्षिकोत्सब

भालुवाङ १५ मंसिर । आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका २ लालमटियाले आफ्नो ६४ औं वार्षिकोत्सब कार्यक्रमको अवसरमा विज्ञान प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न किसिमका विज्ञानका कलाहरू निर्माण गरि प्रदर्शन गरेका थिए । भने कार्यक्रम विभिन्न विधाका विद्यार्थीहरूलाई पुरस्कार वितरण र छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयको प्रगति विवरण तथा आर्थिक गतिविधि विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिकाका निर्वतमान अध्यक्ष नुमानन्द सुवेदी, राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, नेपाली कांग्रेसका हरि भुसाल, नेकपा एमालेका मदन अधिकारी, नेकपा माओवादी केन्द्रका वसन्त नेपाली, राष्ट्रिय जनमोर्चाका ठाकुरप्रसाद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका दोर्ण जिसी, नेकपा समाजवादी पार्टीका शिशिर पुन, भवनदाता सतिस घिमिरे, पुर्व वि.व्य. स अध्यक्ष लालमणि शर्मा, शिक्षक अभिभावक संघका संयोजक हुमप्रसाद आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक मिनबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सहयक प्रधानाध्यापक यादव आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे