लुम्बिनी प्रदेशको राजधानी पर्यटकीय गन्तब्य बन्दै, देवीकोटको चुचुरोबाट प्याराग्लाइडिङको उडान



लुम्बिनी प्रदेशको राजधानी पर्यटकीय गन्तब्य बन्दै, देवीकोटको चुचुरोबाट प्याराग्लाइडिङको उडान

भालुवाङ १५ मंसिर । दाङ-देउखुरीकाे धार्मिक तथा पर्यटकीय स्थल पछिल्लो समय पर्यटकीय गन्तब्य स्थल बन्न थालेकाे छ ।

लुम्बिनी प्रदेशकाे राजधानी स्थल दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-९, देवीकाेटमा प्याराग्लाइडिङ उडानकाे उद्घाटन र रिडी राप्ती एग्राे रिसाेर्ट शिलान्यास गरे संगै देवीकाेट पछिल्लो समय पर्यटकीय गन्तव्य स्थल बन्न थालेकाे हाे । रिडी राप्ती ग्रुप प्रा.लि ले शुक्रबार आफ्नो प्रथम साधारणसभाको अवसरमा बाबू एडभेन्चर्सले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका ९ देवीकोटबाट प्याराग्लाइडिङको उद्घाटन गरेको छ ।

लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका दाङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले राप्ती गाउँपालिका वडा नम्बर ९ देविकाेटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ प्याराग्लाइडिङको उद्घाटन गरिएको हो । प्याराग्लाइडिङको ल्याण्डिङ राप्ती गाउँपालिका ४ सुन्दरपुरमा गरिएको थियोे । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट, वडा नं. ४ का वडा अध्यक्ष वीरबहादुर चाैधरी, महिला नेतृ दिलकुमारी राेका, प्रालिका अध्यक्ष मानबहादुर बुढा मगर र पत्रकार गोविन्द खड्काले ६ वटा प्याराग्लाइडिङबाट उडान गरेका थिए ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा प्याराग्लाइडिङको उद्घाटन गरेका हुन् । बाबु एडभन्चर्सका प्रमुख पाइलट सानुबाबु सुनुवारको ३ जनाले प्याराग्लाइडिङको उडान गरेका थिए । यसै बीच प्रालिद्वारा निर्माण हुन लागेको राप्ती एग्रो रिसोर्टको समेत शिलान्यास गरिएकाे छ । प्रालिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा रिसोर्टको शिलान्यास गरिएको हो । सो अवसरमा बोल्दै सभामुख घर्तीले लुम्बिनी प्रदेशको राजधानीको पर्यापर्यटन सँग प्याराग्लाइडिङ र रिसोर्टले जोड्ने बताएका थिए ।

त्यस्तै उनले त्यस क्षेत्रका स्थानीयहरूको आम्दानी सँग समेत जोड्ने बताएका थिए । त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाको विकास, प्रचारप्रसार तथा पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए । कार्यक्रमको सञ्चालन प्रालिका सञ्चालक झकेन्द्र घर्ती मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे