LISTEN LIVE RADIO

निलसागर सेवा आश्रम दाङद्वारा लमहीबाट २ जना सहयोगापेक्षी सडक मानवहरुकाे उद्वार



निलसागर सेवा आश्रम दाङद्वारा लमहीबाट २ जना सहयोगापेक्षी सडक मानवहरुकाे उद्वार

भालुवाङ ३ कार्तिक । निलसागर सेवा आश्रम दाङ द्वारा शुक्रबार राति दाङको लमहीबाट २ जना सहयोगापेक्षी सडक मानवकाे उद्वार गरिएको छ।

लमहीकाे बस पार्क क्षेत्रमा केही महिला अघि देखि सडकमै बस्दै आएका नाम बताउन नसक्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र स्याङ्जाको वालिङ घर बताउने अर्का ४७ वर्षीय राजु कार्कीकाे उद्वार गरिएको हाे। उनीहरूलाई वडा प्रहरी कार्यालय लमहीकाे सहयोगमा उद्वार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका -८ पिपरीमा राखिएको छ।

काेही पनि मानिसहरू खाना,छाना र नाना बाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले देउखुरी क्षेत्र लाई सहयोगापेक्षी सडक मानव मुक्त घाेषणा गर्ने गरि मानव उद्वारकाे अभियान सञ्चालन गरिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले बताए । उक्त उद्वार कार्यमा आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरी सँगै राप्ती गाउँपालिका दाङका अभिलेख तथा सूचना सम्पादनकर्ता तुलबहादुर कवँर मगर र हिकाे संस्थाका एम्बुलेन्स चालक सुवास चाैधरीकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे