देउखुरीको जुरौनीबाट ब्राउन सुगर सहित ६ जना पक्राउ



देउखुरीको जुरौनीबाट ब्राउन सुगर सहित ६ जना पक्राउ

भालुवाङ २२ मंसिर । दाङको देउखुरीबाट ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी स्थित गफुर मियाको घरबाट ३० ग्राम लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट निवासी ३७ वर्षिय सङसुलहक मिया, प्युठान सरुमारानी गाउँपालिका वडा नं. १ बाङ्गेसाल निवासी ३० वर्षिय ईसादिन मिया, सोही ठाउँ निवासी २८ वर्षिय अजित मिया, सोही वडा माझेलाठी निवासी २३ वर्षिय रबिन नेपाली, बाङ्गेसाल निवासी २४ वर्षिय ईदिस मिया र गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी निवासी ३२ वर्षिय गफुर मियालाई आइतबार राती साढे ८ बजे तिर पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गढवाले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे