LISTEN LIVE RADIO

राप्तीका बजारहरुमा अनुगमन : २ दिनको अवधीमा १४ हजार रुपैयाँ भन्दा बढीको सामान बरामद



राप्तीका बजारहरुमा अनुगमन : २ दिनको अवधीमा १४ हजार रुपैयाँ भन्दा बढीको सामान बरामद

भालुवाङ २ कार्तिक । दाङको राप्ती गाउँपालिकाले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरि बजार अनुगमनलाई तीव्रता दिएको छ । विशेष गरि म्याद नाघे/ ननाघेको, मूल्य सुचि राखे/ नराखेको र कालोबजारी रोकथामका लागि बजार अनुगमन गरिएको हो ।गएको सोमबार सिसहनियाँ, बड्का सिसहनियाँ र पत्थरगढवा चौबाटो बजार अनुगमन गरिएको थियो भने बुधवार दोस्रो दिन पुरानो भालुवाङ, पुलचोक बजार र लालमटिया बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा सोमवार किराना, खाद्यन्न तथा कष्मेटिक गरि १३ वटा पसलको अनुगमन गर्दा १४ हजार मुल्य बराबरको खाद्यन्न, किराना तथा कष्मेटिकका सामानहरु मरामद गरिएको थियो भने बुधवार किरना, खाद्यन्न, डेरी, मासु पसल र होटल गरि २२ वटा पसलको अनुगमन गर्दा ३ सय रुपैयाँ बराबरको खस्ता, सुँजी र बिस्कुट बरामद गरिएको अनुगमन सदस्य तथा पशु सेवा प्राविधिक शेरबहादुर हमालले जानकारी दिएका छन् ।अनुगमनका क्रममा केही पसलहरुमा मूल्य सूचि नराखेको पाइएकाले त्यस्ता पसलहरुलाई तत्काल मूल्य सूची राख्न आग्रह गरिएको पालिकाका आर्थिक विकास समितिका संयोजक जिवराज पौडेले जानकारी दिएका छन् । राप्ती गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापति चौधरीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । अनुगमनमा पालिकाका आर्थिक विकास समितिका संयोजक तथा पशुसेवा शाखा प्रमुख जिवराज पौडेल, कृषि विकास शाखाकी प्रविधिक निर्मला गिरी, पशु सेवा प्राविधिक शेरबहादुर हमाल, इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी असई शालिकराम पोख्रल र पत्रकार ओमप्रकाश गुप्ताको सहभागीता रहेको थियो ।

यस्तै पालिकाले गत महिना मात्रै सञ्चालन गरेको करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियान बाट ३२ लाख २४ हजार ९ सय पचास रुपैयाँ राजश्व संकलन गरेको थियो भने विभिन्न पसलहरुबाट १ लाख बढी मूल्यको म्याद नाघेको खाद्य बस्तुहरु जफत गरि नष्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे